पीपीई प्रदान  

चैत्र १५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्ट्रिग्रेटेड ग्रुपका अध्यक्ष तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका भरत पराजुलीले कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचारमा संलग्न चिकित्सकका लागि ४० सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेका छन् । पराजुलीले शनिबार स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन इकाइलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् ।  

व्यक्तिगत लगानीमा उपलब्ध गराइएको हरेक पीपीई सेटमा एन–९५ माक्स, चस्मा, हेलमेट, शरीरमा लगाउने कपडा, जुत्ता एवं यसको कभर, स्यानिटाइजरलगायत विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका आठ प्रकारका सामग्री छन् । 


कान्तिपुर

Link copied successfully