ई–रिक्सा दर्ताको अलमलले मजदुर मारमा

नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा हालसम्म ३२ सय ५३ वटा ई–रिक्सा दर्ता भएका छन् । सवारीसाधन दर्ता गरेर मात्र चलाउनुपर्छ तर बजारमा ताँती देखिने ई–रिक्सा भने धेरैजसो दर्ता बिनै चलिरहेका छन् ।

भाद्र ८, २०८२

रुपा गहतराज

E-rickshaw registration confusion kills workers

What you should know

नेपालगन्ज — दीपा ढकालले नेपालगन्जमा ई–रिक्सा चलाउन थालेको सात वर्ष भयो । २ लाख ५ हजारमा रिक्सा किनेकी उनले नगरपालिकामा एक हजार रुपैयाँ तिरेर दर्ता गरेकी छन् । त्यसलाई हरेक वर्ष पाँच सय रुपैयाँ तिरेर वर्षमा नवीकरण गर्नुपर्छ । 

२९ वर्षीय अनिता बरालले नेपालगन्जमा ई–रिक्सा चलाउन थालेको चार वर्ष भयो । २ लाख १५ हजारमा किनेको रिक्सा उनी बिहान  १० बजेदेखि साँझ ४ बजेसम्म चलाउँछिन् । दुई छोराछोरी साना भएकाले स्कुलबाट आउँदासम्म मात्र उनले रिक्सा चलाउने गरेकी छिन् । ‘बिहान छोराछोरीलाई स्कुल पठाएर रिक्सा चलाउँछु । साँझ स्कुलबाट घर लिएर जान्छु,’ उनले भनिन् । दिनभरि रिक्सा चलाउँदा एक हजार रुपैयाँसम्म कमाइ हुन्छ । बर्दिया घर भएकी उनी न्युरोडमा कोठा भाडामा लिएर बस्दै आएकी छन् । 

राजापुर बर्दियाकी बिना थारुले पनि २०७६ सालमा रिक्सा चलाउन थालेकी हुन् । नेपालगन्जमा कोठा भाडामा बस्दै आएकी उनका छोरा कक्षा ७ र छोरी १० मा पढ्छन् । पति मिस्त्री काम गर्छन् । नेपालगन्ज–४ गणेशपुरमा परिवारसँगै बस्दै आएकी उनले पुरानो रिक्सा १ लाख  ३० हजार तिरेर किनेकी हुन् ।‘यो रिक्सा धेरै बिग्रिँदैन । एक बिग्रियो भने १० दिनको कमाइ जान्छ,’ उनले भनिन्, ‘महिनामा ३ हजार रुपैयाँ चार्ज गर्न खर्च हुन्छ ।’ 

नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा हालसम्म ३२ सय ५३ वटा ई–रिक्सा दर्ता भएका छन् । सवारीसाधन दर्ता गरेर मात्र चलाउनुपर्छ तर बजारमा ताँती देखिने ई–रिक्सा भने धेरैजसो दर्ता बिनै चलिरहेका छन् । यातायात व्यवस्था कार्यालय बाँकेका रमेश बुढाथोकी ट्राफिक प्रहरी, स्थानीय तह कसैले पनि पर्याप्त अनुगमन गर्न नसकेको बताए ।

अहिले पालिकाले पनि कार्यविधि बनाएर ई–रिक्सा सूचिकृत गराउँदै आएको नेपालगन्ज उपमहानगरका नगर प्रहरी इन्चार्ज सूर्य बोगटीले बताए । उपमहानगरपालिकामा अहिले ४५ सय रिक्सा दर्ता छन् । हरेक वर्ष ५ सय रुपैयाँ तिरेर सूचिकृत गर्नुपर्ने कार्यविधिमा छ । 

ई–रिक्सासँग सम्बन्धित समाचारहरु :

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully