[अर्काइभ] गोल्चे सार्कीले थुत्न खोजेको फाइल प्रतिपक्षको टाङमुनिबाट तानेपछि...

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

[Archive] After pulling the file that Golche Sarki tried to spit out from under the legs of the opposition...

काठमाडौँ — सांसदहरूले बेलाबेलामा देखाउने आपसी छिनाझप्टीले सत्तापक्ष र प्रतिपक्षबीचको टकराव प्रस्ट देखिन्थ्यो । प्रतिनिधिसभा हुँदै राष्ट्रियसभामा पनि यसका बाछिटा पुगेका थिए । 

२०४६ को परिवर्तनपछि तत्कालीन सत्तापक्ष कांग्रेस र प्रतिपक्ष एमालेबीचको सम्बन्ध धरैजसो सुमधुर भएन । दुवै सदनमा सबैजसो विषयमा असमझदारी देखिन्थ्यो । त्यतिबेला विशेषतः कर्मचारी आन्दोलन, टनकपुर सन्धि, भुटानी शरणार्थी, अरुण तेस्रो जलविद्युत् आयोजनाजस्ता विषय सबैभन्दा धेरै विवाद र चर्चामा आउने गरेका थिए । वामपन्थी दलहरूले बोल्ने भारतलाई हेर्ने दृष्ट्रिकोणको विषयले पनि प्राथमिकता पाउने गरेको थियो । 

सत्ता र प्रतिपक्षबीचको असमझदारीको एउटा विषय थियो– राष्ट्रियसभामा प्रक्रियामा रहेको सन्धि ऐन संशोधनसम्बन्धी विधेयकसहितको प्रतिवेदन । उक्त प्रतिवेदन पारित गराउन अपनाइएको प्रक्रियाका विषयमा २०४९ चैत १६ गते राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच घोचपेच, नाराबाजी र रोस्टम घेराउ मात्र भएन, एकआपसमा धकेलाधकेल र मन्त्रीकै हातबाट संसदीय विशेष समितिको प्रतिवेदन खोस्ने प्रयास पनि गरिएको थियो । 

वामपन्थी दलहरूले प्रक्रिया नपुर्‍याइ विधेयक पारित गराउन खोजेको आरोप लगाएका थिए । राष्ट्रियसभा अध्यक्ष बेनीबहादुर कार्कीले सन्धि ऐन संशोधनसम्बन्धी विधेयकसहितको प्रतिवेदन राष्ट्रियसभामा पेस गर्ने अनुमति दिएपछि सत्ता र प्रतिपक्षबीच अप्रजातान्त्रिक र संविधान उल्लंघन गरेको भन्दै एकअर्काबीच आरोप–प्रत्यारोप नै चलेको थियो । 

अध्यक्ष कार्कीले न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री महेश्वरप्रसाद सिंहलाई विशेष समितिको प्रतिवेदन पेस गर्न अनुमति दिएपछि सदनमा होहल्ला, ठेलमठेल र रोस्टम घेराउ सुरु भएको थियो ।

[Archive] After pulling the file that Golche Sarki tried to spit out from under the legs of the opposition...मन्त्री महेश्वर रोस्टममा जानै नपाई वामपन्थी सांसदहरू घनश्याम शर्मा पौड्याल, सुवास नेम्वाङ, जगतबहादुर बोगटी, प्रदीप नेपाललगायतले रोस्टम घेरेर नारा लगाएका थिए । तर अध्यक्ष कार्कीले मन्त्री महेश्वरलाई बसिरहेकै स्थानबाट प्रतिवेदन पढ्न अनुमति दिएपछि संसदमा थप तनाव सुरु भयो । प्रतिवेदन पढेर मन्त्री महेश्वर रोस्टममा जान खोज्दा एमाले सांसदले धकेलेका थिए । त्यही मौका छोपेर एमालेकै सांसद गोल्चे सार्कीले मन्त्रीको हातमा रहेको प्रतिवेदन थुत्ने प्रयास गरेका थिए ।

हुलमूलमा एमाले सांसद प्रदीपले मन्त्री महेश्वरको हातमा झड्का दिँदा प्रतिवेदन भुइँमा झरेको थियो । त्यतिबेला सत्तापक्षका सांसद पनि रोस्टमतर्फ अघि बढेका थिए । प्रतिवेदनको फाइल नारा लगाइरहेका प्रतिपक्षी सांसदहरू भएको स्थानमा थियो । उद्योग सहायक मन्त्री दिवाकरमान शेरचनले प्रतिपक्षको टाङमुनि भुइँमा रहेको फाइल फुत्त तानेर अध्यक्ष कार्कीसमक्ष पुर्‍याएका थिए ।

सत्ता र प्रतिपक्षबीचको विवादले सन्धि विधेयकको प्रतिवेदनमाथि छलफल हुन भने पाएन । त्यतिबेला सत्ता पक्ष र प्रतिपक्षबीचको टकराव, विधेयकको प्रतिवेदन खोसाखोस र सांसदहरूबीचको भनाभनलाई आधार बनाएर २०४९ चैत १७ गते कान्तिपुर दैनिकको पहिलो पेजमा ‘तीव्र विरोधबीच राष्ट्रिय सभाबाट सन्धि विधेयक पारित’ शीर्षकमा समाचार छापिएको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully