त्रिविमा नतिजा प्रकाशन गर्न २ सयदेखि ४ सय दिन

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

200 to 400 days to publish results in Trivim

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन गर्न २ सयदेखि ४ सय दिनसम्म समय लिएको पाइएको छ।

त्रिवि कार्यकारी परिषद्ले परीक्षा सकिएको १ सय दिनभित्र परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको थियो। २०८० असोज २७ गतेको कार्यकारी परिषद्को निर्णयअनुसार १ सय दिनभित्र नतिजा प्रकाशित गरिने भनिएको थियो। तर, बुधबार सार्वजनिक महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले त्रिविले नतिजा प्रकाशनमा ढिलाइ गरेको औँल्याएको छ। यसले विद्यार्थीहरूको शैक्षिक सत्र तथा रोजगारीका अवसरमा असर पारेको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार बीबीएस चौथो वर्षको नतिजा २ सय ४ दिनमा, बीबीए पहिलो वर्षको ३ सय ५७ दिनमा, बीएड पहिलो वर्षको ३ सय ८९ दिनमा प्रकाशित भएको छ।

त्यस्तै, बीबीए पहिलो वर्षको नतिजा प्रकाशन गर्न ४ सय दिन लागेको जनाइएको छ। बीएड तेस्रो वर्षको ३ सय ५० दिनमा र बीबीएस तेस्रो वर्षको ३ सय ४६ दिनमा नतिजा प्रकाशित भएको प्रतिवेदनमा उल्लेख छ।

महालेखापरीक्षकको कार्यालयले त्रिविलाई तोकिएको समयमा परीक्षाफल प्रकाशन गर्न सुझाव दिएको छ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन

कान्तिपुर

Link copied successfully