अमेरिकासँग कुराकानी गरेको स्वीकार गर्न इरानी नेताहरू डराए : ट्रम्प

ट्रम्पले इरानी नेताहरूले अमेरिकासँग सबै किसिमका ‘डिल’ अस्वीकार गरेको र कुराकानी गर्न नचाहेको भन्ने भनाइको पनि खण्डन गरेका छन्।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Iranian leaders were afraid to admit they were talking to the US: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरू अमेरिकासँग कुराकानी गरेको स्वीकार गर्न डराएकाे बताएका छन्। एक 'फन्डरेजिङ डिनर'मा उनले यस्तो बताएका हुन्।

ट्रम्पले इरानी नेताहरूले अमेरिकासँग सबै किसिमका ‘डिल’ अस्वीकार गरेको र कुराकानी गर्न नचाहेको भन्ने भनाइको पनि खण्डन गरेका छन्।

इरानी नेताहरूको भनाइलाई खण्डन गर्दै उनले भने, ‘उनीहरू कुराकानी गरिरहेका छन्।’

ट्रम्पले थपे, ‘उनीहरू (इरान) कुनै पनि मूल्यमा सम्झौता गर्न चाहन्छन्। तर, उनीहरू यो भन्न डराइरहेका छन्। इरानका जनताले उनीहरूलाई मार्छन् भन्ने उनीहरूले ठानेका छन्।’

त्यस्तै, अमेरिकाले मार्छ भन्ने डर पनि उनीहरूलाई भएको ट्रम्पको भनाइ छ।

यसअघि अमेरिकातर्फबाट युद्धविरामका लागि १५ बुँदे प्रस्ताव इरानलाई पठाइएको चर्चा भएको थियो। यद्यपि, इरानले सम्झौताका लागि आफ्ना सर्त अघि सारेको थियो।

इरानको सरकारी टेलिभिजनका अनुसार अमेरिकाको युद्धविराम प्रस्ताव इरानले अस्वीकार गरेको बताइएको छ।

एक वरिष्ठ राजनीतिक–सुरक्षा अधिकारीलाई उद्धृत गर्दै इरान युद्ध आफ्नै सर्तमा अन्त्य गर्न चाहेको टिभीले उल्लेख गरेको छ।

कान्तिपुर

Link copied successfully