अमेरिकाले पाकिस्तानमार्फत सम्झौताका लागि इरानलाई पठायो १५ बुँदे माग

अमेरिकी र इजरायली मिडियाले उक्त १५ बुँदे माग इरानलाई बुझाएको दाबी गरेका छन्।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

US sends 15-point demands to Iran for agreement through Pakistan

काठमाडौँ — अमेरिकाले इरानसँग सम्झौताका लागि पाकिस्तानमार्फत १५ बुँदे माग पठाएको खुलेको छ।

अमेरिकी र इजरायली मिडियाले उक्त १५ बुँदे माग इरानलाई बुझाएको दाबी गरेका छन्।

न्युयोर्क टाइम्स, रोयटर्स र इजरायलको ‘च्यानल १२’ का अनुसार अमेरिकाले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे माग पठाएको हो।

यी रिपोर्टहरूमा अज्ञात स्रोतको हवाला दिइएको छ। यद्यपि, बीबीसीले भने यो खबर पुष्टि गर्ने प्रयास गरिरहेको उल्लेख गरेको छ।

पाकिस्तानले यसअघि युद्धमा संलग्न देशहरूबीच शान्ति वार्ताको मध्यस्थता गर्न तयार रहेको बताएको थियो।

‘च्यानल १२’ का अनुसार अमेरिकाले इरानसँग राखेका मागहरूमध्ये हर्मुज क्षेत्र खुला राख्ने र त्यसलाई एक खुला समुद्री क्षेत्र घोषणा गर्ने प्रस्तावसमेत समावेश गरिएको छ।

कान्तिपुर

Link copied successfully