इरानसँगको वार्तामा अमेरिकी उपराष्ट्रपति भेन्स र विदेशमन्त्री रुबियो संलग्न

इरानी शासन अब कहिल्यै पनि परमाणु हतियार नबनाउन सहमत भएको दाबीसमेत ट्रम्पले गरे।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

US Vice President Vance and Secretary of State Rubio involved in talks with Iran

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन इरानमा ‘सही व्यक्ति’सँग कुराकानी गरिरहेको र आफू ‘सम्झौता गर्नका लागि आतुर’ रहेको बताएका छन्।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र विदेशमन्त्री मार्को रुबियो उक्त कुराकानीमा संलग्न रहेको जानकारी दिए।

इरानी शासन अब कहिल्यै पनि परमाणु हतियार नबनाउन सहमत भएको दाबीसमेत ट्रम्पले गरे।

इरानसँगको शान्ति सम्झौता सफल हुनेमा कत्तिको आशावादी हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘यो युद्ध जितिसक्यौँ।’

यद्यपि, ट्रम्पले पत्रकार सम्मेलनमा इरानसँगको युद्ध अन्त्य कसरी गर्ने भन्नेबारे खासै चर्चा गरेनन्।

कान्तिपुर

Link copied successfully