सीबीएस न्युजले सरकारी स्रोतको हवाला दिदैं राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण भएको जनाएको छ ।
एजेन्सी — अमेरिकाले भेनेजुएलमा आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यम फक्स न्युज तथा सीबीएस न्युजले अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरेको दाबी गरेका हुन् ।
सीबीएस न्युजले सरकारी स्रोतको हवाला दिदैं राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण भएको जनाएको छ ।
यसअघि भेनेजुएलाको राजधानी काराकासमा धेरैपटक बिस्फोटको आवाज सुनिएको थियो । त्यस्तै, आकाशमा धुँवाको मुस्लो देखिएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । राजधानी शहरका धेरै स्थानमा विद्युत कटौती भएको छ ।
भेनेजुएलाले शनिबार बिहानै विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ । राजधानी काराकाससहित मिरान्डा, अरागुवा र ला गुयरामा सर्वसाधारण तथा सैन्य अखडालाई निशाना बनाएर आक्रमण गरिएको भेनेजुएलाको आरोप छ ।
अमेरिकाले सत्ता परिवर्तन गर्ने भोकले यस्तो गरेको भेनेजुएलाको आरोप छ । ‘यो साम्राज्यवादी आक्रमणलाई परास्त गर्न सम्पूर्ण देश सक्रिय हुन जरुरी छ,’ सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन भेनेजुएलाले माग गरेको छ ।
सम्बन्धित समाचार :
