को हुन् नोबेल शान्ति पुरस्कार पाउने भेनेजुएलाकी माचादो

बीबीसीले सन् २०१८ मा उनलाई विश्वका सबैभन्दा प्रभावशाली र प्रेरणादायी १०० नेताहरूको सूचीमा समावेश गरेको थियो ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Who is the Nobel Peace Prize winner Machado of Venezuela?

What you should know

काठमाडौँ — भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकार प्रवर्धनमा अविराम काम गरेकी मारिया कोरिना माचादोले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएसँगै उनको व्यक्तित्व र खेलेको भूमिकाको बारेमा संसारभर चासो बढेको छ ।

सन् १९६७ मा भेनेजुएलामा जन्मिएकी माचादोसँग जनताको अधिकार स्थापनाका निम्ति तानाशाही व्यवस्थासँग निरन्तर लडिरहेको लामो विगत छ । नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समितिले उनले निष्पट्ट अँध्यारोमा पनि लोकतन्त्रको ज्योति जोगाउने काम गरेको बताएको छ ।

भेनेजुएलाका जनताका लोकतान्त्रिक अधिकारको प्रवर्धनका लागि गरेको अनवरत प्रयास र तानाशाहीबाट लोकतन्त्रतर्फको न्यायपूर्ण तथा शान्तिपूर्ण संक्रमणका लागि गरेको संघर्षका लागि उनलाई यो पुरस्कार दिइएको समितिले जनाएको छ । 

इन्जिनियरिङ र वित्तसम्बन्धी अध्ययन गरेकी माचादो राजनीतिमा आउनुअघि बालबालिकाको क्षेत्रमा काम गर्थिन् । सन् १९९२ मा सडक बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्न अटेनेया फाउन्डेसन स्थापना गरेकी थिइन् । पछि उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनको प्रवर्धनका लागि सुमाते नामक संस्थाको स्थापनामा गरिन् ।

Who is the Nobel Peace Prize winner Machado of Venezuela?

उनी सन् २०१० को संसदीय निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन्  । सन् २०१२ मा राष्ट्रपति पदको चुनावमा उनी उम्मेदवारका रूपमा मैदानमा देखिएकी थिइन् । सन् २०१२ मा स्थापना गरिएको भेन्ते नामक मध्यम-दक्षिणपन्थी दल स्थापना गरेर राष्ट्रिय संयोजक भइन् ।

सन् २०१७ मा उनले सोय भेनेजुएला गठबन्धन स्थापना गर्न भूमिका निर्वाह गरेकी थिइन् । यो गठबन्धनकै कारण भेनेजुएलाको विभाजित राजनीतिमा लोकतान्त्रिक शक्ति एकताबद्ध भएको थियो ।

सन् २०२३ मा उनले २०२४ को राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी थिइन् । तर उनलाई उम्मेदवारी दिनबाट वञ्चित गरिएपछि विपक्षी दलका उम्मेदवार एडमुन्डो गोन्जोलेस युरुटियालाई समर्थन गरेकी थिइन् ।

Who is the Nobel Peace Prize winner Machado of Venezuela?

बीबीसीले सन् २०१८ मा उनलाई विश्वका सबैभन्दा प्रभावशाली र प्रेरणादायी १०० नेताहरूको सूचीमा समावेश गरेको थियो । भेनेजुएलाको परम्परागत पुरुष प्रधान राजनीतिक मैदानमा माचादो उदाउँदै गरेकी नेतृकी रुपमा परिचित छन् ।

२०७६ सालमा भेनेजुएलामा राष्ट्रपति निकोलास मादुरो र विपक्षी नेता ह्वा गुआइदोबीचको राजनीतिक संघर्षका कारण लाखौं मानिस आन्तरिक रूपमा समेत विस्थापित भएका थिए । लिमा समुदायले विपक्षी नेता गुआइदोलाई समर्थन गर्दै आइरहेको थियो । गुआइदोले २०७५ मा आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

अवैधानिक निर्वाचनमार्फत मादुरो राष्ट्रपति निर्वाचित भएकाले राष्ट्रिय सभाको अध्यक्षका हैसियतमा आफू देशको संविधानअुनसार राष्ट्रपति भएको उनको दाबी उनको थियो । मादुरोले भने वैधानिक निर्वाचनमार्फत आफू देशको राष्ट्रपति भएको भन्दै विदेशी शक्तिको आडमा विपक्षीले राष्ट्रघाती काम गरिरहेको आरोप लगाउँदै आएका थिए ।

 

 

यही राजनीतिक संकटका बिचमा माचादो राजनीतिमा उदाएकी थिइन् । 

सम्बन्धित समाचार 

भेनेजुएला संकट : गुआइडोलाई ईयू राष्ट्रको समर्थन

भेनेजुएला संविधानसभा चुनाव: मडुरोद्वारा जित दाबी

भेनेजुएला संकट–सुन नकिन्न टर्कीलाई चेतावनी

ड्राेन अाक्रमणबाट भेनेजुएलाका राष्ट्रपति जोगिए

 

कान्तिपुर

Link copied successfully