ड्राेन अाक्रमणबाट भेनेजुएलाका राष्ट्रपति जोगिए

श्रावण २०, २०७५

बीबीसी

काराकास — भनेजुएलाका राष्ट्रपति निकोलास मादुरो हत्या प्रयासबाट जोगिएका छन् । बिस्फोटक पदार्थ रहेको दुई ड्रोनलाई राष्ट्रपति मादुरोले भाषण गरिरहेको स्थल नजिक लगेर बिस्फोट गराइएको थियो ।

बिस्फोटबाट उनलाई कुनै चोटपटक लागेको छैन । तर, सातजना अन्य व्यक्ति तथा सुरक्षाकर्मीहरु घाइते भएको बताइएको छ ।

राष्ट्रपति मादुरो काराकासमा राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको कार्यक्रममा सहभागी भएर भाषण गरिरहेको बेला आक्रमण गरिएको थियो ।
<blockquote class="twitter-tweet" data-lang="en"><p lang="en" dir="ltr">Venezuelan President Nicolas  Maduro unharmed after an assassination attemp by drones <a href="https://t.co/AMBZTEu6An">pic.twitter.com/AMBZTEu6An</a></p>&mdash; China Xinhua News (@XHNews) <a href="https://twitter.com/XHNews/status/1025939309549903872?ref_src=twsrc%5Etfw">August 5, 2018</a></blockquote>
<script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>

राष्ट्रपति मादुरोले आक्रमणमा कोलम्बिया र अमेरिकाको हात भएको आरोप लगाएका छन् । यद्यपि कोलम्बियाले यसको खण्डन गरिसकेको छ ।

घटनासँगै केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ ।

बीबीसी

Link copied successfully