काठमाडौँ — मंगोल सम्राट् कुब्लाईं खाँले सन् १२७१ मा आजकै दिन (१८ डिसेम्बर) आफ्नो साम्राज्यलाई युआन नाम दिएका थिए । सन् १२७९ मा संग वंशको अन्त्य गर्दै उनले चीनमा युआन वंशको थालनी गरेका थिए ।
र, आफूलाई चीनको सम्राट् समेत घोषणा गरे । कुब्लाई खाँ मंगोल वंशका पाँचौं सम्राट् थिए । उनको साम्राज्य प्रशान्त महासागर, साइबेरियादेखि पूर्वी युरोप, तिब्बतदेखि अफगानिस्तानसम्म फैलिएको थियो । उनकै शासनकालमा नेपाली कलाकार अरनिको चीन पुगेका थिए । मंगोल सम्राट् चंगेज खाँका नाति कुब्लार्इंको निधन ७९ वर्षको उमेरमा भएको थियो ।
