सन् २००१ मा आजकै दिन : अन्नानलाई नोबेल शान्ति पुरस्कार

आश्विन २५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २००१ मा आजकै दिन (अक्टोबर १२) मा कोफी अन्नानलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय महासचिव अन्नानलाई विश्वलाई थप एकीकृत र शान्तिपूर्ण बनाउनका लागि गरेको योगदानको कदर गर्दै नोबेल पुरस्कार प्रदान गरिएको थियो । खासगरी सिरिया युद्धमा शान्ति स्थापनाका लागि उनले विशेष भूमिका निर्वाह गरेका थिए । अफ्रिकी मुलुक घानाका अन्नान १९९७ देखि २००६ सम्म दुई कार्यकाल महासचिव बनेका थिए । 

अन्नानले २००१ को मार्चमा नेपालको भ्रमण गरेका थिए । उनले नेपालको १० वर्षे माओवादी विद्रोह अन्त्यसँगै शान्ति प्रक्रिया सुरु गर्न उल्लेखनीय कार्य गरेका थिए । अन्नानको ८० वर्षको उमेरमा २०१८ को अगस्ट १८ मा स्विट्जरल्यान्डको बर्नमा निधन भएको थियो ।

आजकै दिन

कान्तिपुर

Link copied successfully