काठमाडौँ — सन् २००८ मा आजकै दिन (अगष्ट ७) मा रुस र जर्जियाबीच युद्ध चर्केको थियो । जर्जियाबाट १९९० को दशकमा दुई क्षेत्र दक्षिण ओसेटिया र अब्खाजिया छुट्टिएका थिए । तर अधिकांश अन्तर्राष्ट्रिय समुदायले त्यसको स्वतन्त्रतालाई मान्यता दिएका थिएनन् । तर रुसले ती दुई क्षेत्रलाई समर्थन जनाउँदै ‘शान्ति सेना’ तैनाथ गरेको थियो ।
सन् २००८ मा रुसले ती क्षेत्रमा तैनाथ सेना ठूलो संख्याले बढाएपछि दुई देशबीच तनाव बढेको थियो । जसका कारण एक्काईसौं शताब्दीको पहिलो युरोपेली युद्ध सुरु भएको थियो । ओसेटिया र अब्खाजियालाई अधिकांश देशले जर्जियाको भूभागका रुपमा मान्यता दिएका छन् भने रुसलगायत भेनेजुलयला, निकारागुवा, नाउरु र सिरियाले छुट्टै देशको मान्यता दिएका छन् ।
