२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

आजकै दिन : विश्वकै पहिलो महिला प्रधानमन्त्री 

काठमाडौँ — सन् १९६० मा आजकै दिन (जुलाई २१) मा सिरिमाभो बन्दरानाइके श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् । उनी प्रधानमन्त्रीमा निर्वाचित हुने विश्वकै पहिलो महिला हुन् । 

आजकै दिन : विश्वकै पहिलो महिला प्रधानमन्त्री 

श्रीलंकामा १९६० मा भएको निर्वाचनमा उनको दल श्रीलंका फ्रिडम पार्टी विजयी भएसँगै बन्दरानाइकेलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । उनले पहिलो कार्यकालमा १९६५ सम्म सरकारको नेतृत्व गरिन् ।

त्यसपछि उनी १९७० देखि १९७७ सम्म दोस्रो र १९९४ देखि २००० सम्म तेस्रो कार्यकाल श्रीलंकाको प्रधानमन्त्री बनेकी थिइन् । १९१६ अप्रिल १७ मा जन्मिएकी बन्दरानाइके १९४० मा विवाह बन्धनमा बाँधिएकी थिइन् । त्यसपछि उनले पतिको बाटो पछ्याउँदै राजनीति र सामाजिक क्रियाकलापमा सक्रिय बनिन् ।

श्रीलंका फ्रिडम पार्टीको नेता उनका पति एसडब्लूआरडी बन्दरानाइके १९५६ मा प्रधानमन्त्री भएका थिए । तर १९५९ मा उनको हत्या भएपछि बन्दरानाइकेले दलको नेतृत्व सम्हालिन् । अर्को वर्ष भएको निर्वाचनमा श्रीलंका फ्रिडम पार्टीले यूएनपीलाई पराजित गरेको थियो । बन्दरानाइकेको २००० अक्टोबर १० मा ८४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित : श्रावण ५, २०८० ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?