काठमाडौँ — सन् १७७६ मा आजकै दिन (अप्रिल १३) मा अमेरिकामा पहिलो पटक हात्ती लगिएको थियो । भारतको कोलकाताबाट पानीजहाजमा हालेर दुई वर्षीय हात्ती अमेरिकाको न्युयोर्क पुर्याइएको थियो । अमेरिका पुर्याइएपछि उक्त हात्ती न्युयोर्कको सडकछेउमा प्रदर्शनीका लागि राखिएको थियो ।
उक्त हात्ती १९७५ को डिसेम्बर ३ मा कोलकाताबाट हिँडाइएको थियो । हात्ती अमेरिका पुर्याउन ज्याकोब क्राउनिनसिल्डले ४ सय ५० अमेरिकी डलर खर्च गरेका थिए । तर पछि उनले उक्त हात्ती १० हजार अमेरिकी डलरमा बिक्री गरेका थिए ।
त्यस बखतका अखबारमा प्रकाशित विज्ञापन अमेरिकाका विभिन्न स्थानमा राखिएको उक्त हात्ती हेर्न सर्वसाधारणले २५ देखि ५० सेन्टसम्म तिरेका थिए । उक्त हात्ती कैयौं वर्षसम्म प्रदर्शनीका लागि राखिएको थियो । त्यसको २८ वर्षपछि सन् १८०४ मा दोस्रो हात्ती अमेरिका पुर्याइएको थियो ।
