काठमाडौँ — भारतमा लगातार दोस्रो दिन २ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ३ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ८५ जनाको मृत्यु भएको छ । यसअघि बुधबार एकैदिन भारतमा पहिलो पटक २ लाखभन्दा बढीलाई कोरोना देखिएको थियो । बुधबार भारतमा २ लाख ७ सय ३९ लाई कोरोना संक्रमण पुष्टि भएको थियो भने १ हजार ३८ जनाको मृत्यु भएको थियो ।
भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको हो । भारतमा अप्रिल ५ यता हरेक दिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको थियो । अप्रिल ५ मा भारतमा करिब १ लाख ३ हजारलाई संक्रमण पुष्टि भएकोमा बुधबार भने त्यसको दोब्बर संख्यालाई कोरोना देखिएको हो ।
India reports 2,17,353 new #COVID19 cases, 1,18,302 discharges and 1,185 deaths in the last 24 hours, as per Union Health Ministry
— ANI (@ANI) April 16, 2021
Total cases: 1,42,91,917
Total recoveries: 1,25,47,866
Active cases: 15,69,743
Death toll: 1,74,308
Total vaccination: 11,72,23,509 pic.twitter.com/dQYtH8QCN6
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३ सय ८ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २५ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजारभन्दा बढी रहेको छ ।
संक्रमणका हिसाबले भारत ब्राजिललाई उछिन्दै विश्वकै दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म १ करोड ३७ लाख ४६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने ३ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिकामा संक्रमितको संख्या करिब ३ करोड १५ लाख पुगको छ भने ५ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
संक्रमणको अवस्था भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार साँझसम्म ११ करोड ७२ लाख २३ हजार ५ सय ९ जनाले खोप लगाइसकेका छन् । तीमध्ये २७ लाख ३० हजार ३ सय ५९ जनाले बिहीबार मात्रै खोप लगाएका छन् ।
