कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फ्रान्सका पूर्वमन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी

फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु भएको छ ।

फ्रान्सका पूर्वमन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

कोरोनाको संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो । उनी ओत सेन प्रान्तका क्षेत्री विकास सल्लाहकारसमेत थिए ।

निकोलस सार्कोजी ज्याक सिराक दुवै राष्ट्रपति रहेको बेला उनी मन्त्री थिए ।

देभेजँले शुक्रबार आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको भन्दै चितित्सकहरूलाई दिएर सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका थिए । तर, शनिबार साँझ उनको स्वास्थ्यमा एक्कासि खराबी देखिएको थियो ।

७१ वर्षीय पाथ्रिक देभेजँले सामाजिक सञ्जाल ट्विटरमा आफू छिट्टै निको भई फर्किएर काममा लाग्‍ने उल्लेख गरेका थिए ।

प्रकाशित : चैत्र १६, २०७६ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?