२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इटालीमा कोरोना संक्रमित १०२ वर्षीया महिला निको भइन्

एजेन्सी

रोम — इटालीमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित एक जना १०२ वर्षीया वृद्धा निको भएकी छिन् । इटालीको उत्तरी क्षेत्रमा पर्ने जेनोआ सहरी १०२ वर्षीया वृद्धा २० दिनको अस्पताल बसाइपछि निको भएर घर फर्किएको सीएनएनले जनाएको छ ।

इटालीमा कोरोना संक्रमित १०२ वर्षीया महिला निको भइन्

‘हामीले उनलाई ‘हाइल्यान्डर’(अमर) उपनाम दिएका छौं,’ १०२ वर्षीया इटालिका ग्रोन्डोनाको उपचारमा खटिएका सान मार्टिनो अस्पतालका चिकित्सक भेरा सिक्बाल्डीले भने । ‘इटालीका कोरोना महामारीबाट प्रताडित सबै वृद्धवृद्धाका लागि आशाको किरण बनेकी छिन्,’ चिकित्सक भेराले भने । इटालीमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको औसत उमेर ७८ वर्ष रहृेको छ । इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुका अधिकांश ८० वर्षमाथिका रहेका छन् ।

इटालिकालाई मार्चको सुरुवातमा मुटुसम्बन्धी रोग देखिएर अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको हल्का लक्षण देखिएको र पोजिटिभ पाइएको चिकित्सकले बताए । ‘हामीले थोरै मात्र प्रयास गर्यौं, उहाँ आफै निको हुनुभएको हो,’ चिकित्सक सिक्बाल्डीले भने । चिकित्सकहरुले इटालिकाले आफूहरुलाई एकदमै खुसी बनाएको र कोरोना भाइरसका बारेमा थप अध्ययन गर्न प्रेरित गरेको बताएका छन् ।

इटालिकालाई मार्च २६ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । ‘मलाई थाहा छैन, उनको रहस्य के हो, तर मलाई यो थाहा छ कि उनी बिन्दास र स्वतन्त्र महिला हुन् । भाइरसले उनीसमक्ष आत्मसमर्पण गर्‍यो,’ इटालिकाका भतिज रेनातो भिल्ला ग्रोन्डोनाले सीएनएनसँगको कुराकानीमा भनेका छन् ।

इटाली कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक हो । शनिबार बिहानसम्म इटालीमा ९ हजार एक सय ३४ जनाको मृत्यु भएको छ भने ८६ हजार ४ सय ९८ जना संक्रमित भएका छन् ।

प्रकाशित : चैत्र १५, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?