भुटानमा कोभिड-१९ को पहिलो संक्रमण

फाल्गुन २३, २०७६

एजेन्सी

थिम्पु — भुटानमा पनि कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । भुटानको स्वास्थ्य मन्त्रालयले भुटानमा रहेका एक अमेरिकी नागरिकमा बिहीबार कोभिड–१९ संक्रमण भेटिएको जानकारी दिएको छ ।

भुटान भ्रमणमा आएका ७६ वर्षीय अमेरिकी नागरिकमा भाइरसको संक्रमण देखिएको द भुटनिजले जनाएको छ । उनी ड्रुक एयरमार्फत भारतको गुवाहटी हुँदै भुटानको पारो विमानस्थलमा  मार्च २ मा ओर्लिएका थिए । 

ती व्यक्ति फेब्रुअरी २१ मा भारत भ्रमणमा आएको र त्यसपछि भुटान आएका थिए । उनी फेब्रुअरी १८ मै अमेरिकाको वासिङ्टनबाट यात्रा सुरु गरेका थिए । उनीसँग उनको ५९ वर्षीया साथी पनि रहेको भुटानी अधिकारीहरुले जानकारी दिएका छन् । 

विमानस्थलमा चेक गर्दा सामान्य ज्वरो मात्रै देखिएको बताइए पनि पछि थिम्पुको एउटा अस्पतालमा चेक गर्दा उनमा कोभिड–१९ संक्रमण देखिएको हो । 

डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ ले विश्वका ८० भन्दा बढी देशमा फैलिइसकेको छ । यसको संक्रमणबाट ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ९८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully