कोरोना भाइरसविरुद्ध युद्ध सुरु भयो : दक्षिण कोरिया

फाल्गुन २०, २०७६

एजेन्सी

सोल — दक्षिण कोरियाले कोरोना भाइरस(कोभिड–१९)विरुद्ध ‘युद्ध’ सुरु भएको घोषणा गरेको छ । चीनबाहिर सबैभन्दा बढी करिब ५ हजारमा कोरोना संक्रमण भएपछि दक्षिण कोरियाले कोभिड–१९ विरुद्धको लडाइँ सुरु भएको घोषणा गरेको हो ।

साथै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडानोम गेहब्रेयससले कोभिड–१९ को प्रकोपका कारण पूरा विश्व नै नक्सारहित भएको बताएका छन् । उनले भाइरस नयाँ भए पनि उपयुक्त कदम चालेमा प्रकोपमाथि नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन् । यसको नियन्त्रणका लागि कुनै एउटा बाटो मात्र नभएको उल्लेख गर्दै पूरा विश्व एक ठाउँमा उभिनुपर्ने उनले बताए । 

मंगलबार बिहानसम्म विश्वका ७६ देशमा कोभिड–१९ को संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म ९० हजार ९ सय ३३ जनामा यसको संक्रमण देखिएको छ भने ३ हजार एक सय १९ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा मंगलबार बिहानसम्म ४ हजार ८ सय १२ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा सबैभन्दा बढी असर दक्षिणपूर्वी सहर देइगुमा देखिएको छ । 

कोरोना प्रकोप : ७६ देशमा संक्रमण, अमेरिकामा मृतकको स‌ंख्या ६ पुग्यो

दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनले अहिले देशले कोभिड–१९ विरुद्ध युद्ध लडिरहेको बताएका छन् । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले २५ अर्ब अमेरिकी डलर छुट्याउने पनि उनले घोषणा गरेका छन् । ‘देइगु र उत्तरी गेयोन्साङ प्रान्तको संकट उचाइमा पुगेको छ । अब मुलुक घातक रोगविरुद्धको युद्धमा प्रवेश गरेको छ,’ राष्ट्रपति इनले भने । 

उनले सबै सरकारी संगठनलाई ‘२४ घण्टा आपतकालीन सेवासहितको प्रणाली’ मा विकास गर्न निर्देशन दिएका छन् । 

चीनमा घट्दै

चीनबाहिर भाइरसको संक्रमण र मृतकको संख्या बढ्दै गइरहेका बेला चिनियाँ स्वास्थ्य अधिकारीले भने चीनमा संक्रमण र मृतकको संख्या घटिरहेको तथ्याङ्क प्रस्तुत गरेका छन् । 

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार सोमबार थप १२६ जनामा मात्रै कोभिड–१९ को संक्रमण देखिएको छ । जनवरीयता चीनमा सबैभन्दा कम संख्यामा संक्रमण देखिएको हो । आइतबार भने चीनमा २०२ जनामा संक्रमण देखिएको थियो । त्यस्तै सोमबार चीनमा थप ३१ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । मंगलबार बिहानसम्म चीनमा ८० हजारभन्दा बढीमा संक्रमण र दुई हजार ९ सयय ४३ जनाको मृत्यु भएको छ ।

 

कहाँ कति मृत्यु, कति संक्रमित?

देशमृत्यु हुनेको संख्यासंक्रमितको संख्या
चीन२९४४८०,१५१
दक्षिण कोरिया२८४,८१२
इरान६६१,५०१
इटाली५२२,०३६
जापान (पानीजहाजसमेत)१२९७९
अमेरिका१००
फ्रान्स१९१
जर्मनी
१६५
स्पेन
१२०
सिंगापुर
१०८
हङकङ१००
कुवेत
५६
बहराइन
४९
थाइल्यान्ड४३
ताइवान४१
बेलायत
४०
अस्ट्रेलिया३३
स्विजरल्यान्ड ३०
मलेसिया २९
क्यानडा २७
इराक २६
नर्वे २५
यूएई २१
अस्ट्रिया १८
नदेरल्यान्ड्स १८
भियतनाम १६
स्विडेन १५
लेबनान १३
इजरायल १२
मकाओ १०
आइसल्यान्ड 
सान मारिनाे
बेल्जियम 
क्रोएसिया 
फिन्ल्यान्ड 
ग्रीस 
कतार 
इक्वेडर 
भारत 
मेक्सिको 
ओमान 
अल्जेरिया 
चेक गणतन्त्र 
डेनमार्क 
पाकिस्तान 
फिलिपिन्स
अजरबैजान 
जर्जिया 
राेमानिया 
रुस 
ब्राजिल 
इजिप्ट 
इन्डोनेसिया 
पोर्चुगल 
अफगानिस्ता 
एन्डोरा 
अर्मेनिया 
बेलारुस 
कम्बोडिया 
डोमिनिकन गणतन्त्र 
इस्टोनिया 
आयरल्यान्ड 
जोर्डन 
लाट्भिया 
लिथुवानिया 
लम्जेमबर्ग 
नर्थ म्यासेडोनिया 
मोनाकाे 
मोरक्को 
नेपाल 
न्युजिल्यान्ड 
नाइजेरिया 
साउदी अरेबिया 
सेनेगल 
श्रीलंका 
ट्युनिसिया

स्रोत : विश्‍व स्वास्थ्य संगठन, चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग र विभिन्‍न समाचार एजेन्सी 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully