फिर्ता भयो प्रधानमन्त्री सुशीला कार्कीको फेसबुक अकाउन्ट 

यसअघि प्रधानमन्त्रीको नाममा 'फेक'अकाउन्ट खुलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २९ मा आधिकारिक अकाउन्ट सार्वजनिक गरेको थियो ।

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Sushila Karki's Facebook account has been restored.

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट फिर्ता भएको छ । गत अक्टोबर ५ देखि हराएको प्रधानमन्त्री कार्कीको अकाउन्ट शुक्रबार फिर्ता भएको हो । 

यसअघि प्रधानमन्त्रीको नाममा 'फेक'अकाउन्ट खुलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज १९ मा आधिकारिक अकाउन्ट सार्वजनिक गरेको थियो । तर आधिकारिक अकाउन्ट सार्वजनिक गरेको भोलिपल्टै प्रधानमन्त्रीको अकान्ट हराएको थियो ।

प्रधानमन्त्री कार्यालयले सूचना जारी गरेपछि 'PM Sushila Karki'को नाममा २९ वटा अकाउन्ट खुलेका थिए । साइबर ब्युरोले ती अकाउन्टहरुमाथि छानबिन बन्द गर्न लगाएको छ । 

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीका अनुसार प्रधानमन्त्रीका नाममा खुलेका नक्कली अकाउन्टहरु विस्तारै बन्द हुन्छन् ।

सम्बन्धित समाचार:

प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा 'फेक' अकाउन्ट

प्रधानमन्त्रीको नाममा 'फेक अकाउन्ट' बनाउनेलाई कस्तो कारबाही हुन्छ ?

सामाजिक सञ्जालमा प्रधानमन्त्रीका नयाँ 'अकाउन्ट', पुरानो हुँदा हुँदै नयाँ किन ?

प्रधानमन्त्रीको नाममा २९ भन्दा बढी फेसबुक 'अकाउन्ट', कुन हो आधिकारिक ?

'फेक अकाउन्ट' खुल्न थालेपछि प्रधानमन्त्रीको आधिकारिक फेसबुक अकाउन्ट नै गायब !

प्रधानमन्त्रीसहित मन्त्रीको 'फेक आइडी' छ्यापछ्याप्ती, मन्त्रालयका आधिकारिक 'अकाउन्ट' निष्क्रिय


कान्तिपुर

Link copied successfully