सामाजिक सञ्जालमा प्रधानमन्त्रीका नयाँ 'अकाउन्ट', पुरानो हुँदा हुँदै नयाँ किन ?

प्रधानमन्त्री सुशीला कार्कीले फेसबुक, एक्स र इन्टाग्राममा नयाँ अकाउण्ट चलाउन थालेकी हुन्। 

आश्विन २०, २०८२

दया दुदराज

Prime Minister's new 'account' on social media, why is it new when it is old?

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमा नयाँ अकाउण्ट चलाउन थालेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी विज्ञप्तिका अनुसार उनले फेसबुक, एक्स (पुरानो ट्विटर) र इन्टाग्राममा नयाँ अकाउण्ट चलाउन थालेकी हुन्। 

प्रधानमन्त्री कार्यालयले विज्ञप्ति प्रकाशित गरी उनको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट समेत सार्वजनिक गरेको छ । जसमा एक्समा पीएम सुशीला कार्की, फेसबुकमा पीएम सुशीला कार्की र इन्स्टाग्राममा पीएम डट सुशीला डट कार्की खोलिएको जनाइएको छ। 

पुरानो हुँदा हुँदै नयाँ किन ?

यसअघिका प्रधानमन्त्रीले 'पीएमओ नेपाल'नामक फेसबुक र एक्स अकाउन्ट प्रयोग गर्दै आएका थिए । तर प्रधानमन्त्री कार्कीले आफ्नो छुट्टै अकाउण्ट सञ्चालनमा ल्याएकी हुन्। यस विषयमा सामाजिक सञ्जालमै प्रश्नहरु पनि उठिरहेका छन्।

प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालका अनुसार प्रधानमन्त्रीको सचिवालयले निर्णय गरेर नै सामजिक सञ्जालमा  नयाँ 'अकाउन्ट' सञ्चालनमा ल्याइएको हो । 

उनले कान्तिपुरसँग भने- 'सम्माननीय प्रधानमन्त्रीको सचिवालयबाट नै नयाँ अकाउन्ट खोल्ने निर्णय भयो । त्यसैले नयाँ अकाउण्ट सञ्चालनमा ल्याइएको हो । हामीसँग पुरानो आइडी पनि छ ।'

Prime Minister's new 'account' on social media, why is it new when it is old?

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully