के नेपालका मातृभाषा लोप हुँदै छन्?

भाषा : संस्कृतिको धागो, पहिचानको आधार

२१ फेब्रुअरी अर्थात् आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यो दिवसले हामीलाई सम्झाउँछ– भाषा शब्दको संग्रह मात्रै होइन, संस्कृतिको धागो र पहिचानको आधार पनि हो ।

भाषामार्फतै हामी सुन्छौं– इतिहास, कथा, सपना र आशा । त्यो भाषा नै हो, जसले हामीलाई सम्पूर्ण संसारसँग जोड्छ । तर, मान्छेझैं संसारबाट प्रत्येक दिन भाषा पनि मरिरहेकै छ । किन ? 

राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदनले भन्छ– नेपालमा १२४ मातृभाषा पहिचान गरिएका छन् ।  यीमध्ये सबैभन्दा धेरै बोलिने प्रमुख २० भाषाले नेपालको ठूलो जनसंख्या समेट्छन् । बाँकी १०३ भाषा बोल्ने मानिसको संख्या ५ प्रतिशत मात्रै छ । 

‘कोसेली’ को यस अंकमा हामीले नेपाली मातृभाषाका अनेकन् कथा भन्ने प्रयास गरेका छौं।

जनजातिका भाषा प्रवर्द्धनमा उदासीन पालिका

स्थानीय भाषाभाषी समुदायसँग काम गर्ने पालिकाहरू नै हुन् तर पालिकाहरूले स्थानीय मातृभाषाको संरक्षण तथा संवर्द्धनमा नीतिगत काम गरेका छैनन्

Municipality indifferent to promoting tribal languages

के गर्दै छ भाषा आयोग ?

प्रदेश र स्थानीय सरकारले भाषासम्बन्धी ऐन पारित गरिरहेको छ । तर, भाषासम्बन्धी संघीय ऐन बन्न सकेको छैन । भाषा नीति बनाउन ३० वर्षअघि नै पहल भएको थियो, तर संघीय सरकारसँग न भाषा ऐन छ, न भाषा नीति ! ‘संघीय भाषा ऐन’ ल्याउन प्रयासरत छ– भाषा आयोग ।

What is the Language Commission doing?

मातृभाषा पढाउँदै विद्यालयदेखि विश्वविद्यालय

संविधानले प्रत्येक नेपाली समुदायलाई मातृभाषामा शिक्षा पाउने हक सुनिश्चित गरेको छ तर यसको कार्यान्वयन अत्यन्तै कमजोर छ

Teaching mother tongue from school to university

भाषिक विचलन झेल्दै नेपालका वर्चस्वशाली भाषा

नेपालका २१ ठूला भाषाले मात्रै कुल जनसंख्याको ९५ प्रतिशत हिस्सा ओगट्छन् । बाँकी १०३ साना भाषा बोल्ने मानिसको संख्या ५ प्रतिशत मात्रै छ । र, भारोपेली र भोट–बर्मेली भाषा परिवारका भाषाहरूको बाहुल्य छ ।

Dominant language of Nepal facing linguistic deviation

नेपालमा हजारभन्दा कम जनसंख्याले बोल्ने २३ भाषा

‘भाषा मर्‍यो’ भन्नु ‘मानिसको मृत्यु भयो’ भन्नुझैं हो । मान्छे छैन भने भाषाको पनि कुनै अस्तित्व छैन । जब कसैले कुनै भाषा बोल्न छाड्छन्, तब त्यो भाषा पनि मर्छ । जसरी संसारको रीत हो– मान्छे मर्नु, तर भाषा मर्नु रीत हुनु हुँदैन ।

23 languages ​​spoken by less than a thousand people in Nepal

नेपालमा १२४ भाषा, अभ्यासमा छन् १८ लिपि

अक्षर लेख्ने प्रणाली हो– लिपि । लिपिले भाषालाई स्थायी रूप मात्रै प्रदान गर्दैन, यसमा इतिहास–संस्कृति र पहिचान पनि हुन्छ । यी प्राविधिक विषय मात्रै होइनन्, भूत–वर्तमान–भविष्यलाई जोड्ने धागाहरू हुन्, संस्कृतिका ‘डीएनए’ पनि हुन् ।

There are 124 languages ​​in Nepal, 18 scripts in practice.

नेपाली राष्ट्रभाषा कसरी सुरु भयो?

नेपाली भाषाको इतिहास अलिखित रूपमा अनादिकालदेखिको छ, जहिलेदेखि नेपालीको अभिव्यक्तिले वाणी पायो, त्यसै समयदेखि । इतिहासमा नेपाली भाषा खस, पर्वते, पहाडी, मल्ल, गोर्खा वा गोरखा आदि नामले पनि परिचित छ ।

How did Nepali, the national language, start?

लोपोन्मुख कुसुन्डा भाषालाई जोगाउन अभियान

२०७८ को जनगणनाअनुसार देशभर १ सय १५ पुरुष र १ सय ३८ महिला गरी २ सय ५३ जना मात्र कुसुन्डा जातिका छन् । त्यसमा पनि कुसुन्डा भाषा पूर्ण रूपमा बोल्ने देशभर ११ पुरुष र १२ महिला गरी २३ जना मात्र छन् ।

Campaign to save the endangered Kusunda language
Link copied successfully