रुबीको हत्या गर्ने मुख्य अभियुक्तको नै मृत्यु भइसकेकाले अब अरु पनि संलग्न छन् कि भनेर अनुसन्धान जारी राख्ने जिल्ला प्रहरी प्रमुखसपी नेत्रमनि गिरीले बताए ।
रुबीको हत्या गर्ने मुख्य अभियुक्तको नै मृत्यु भइसकेकाले अब अरु पनि संलग्न छन् कि भनेर अनुसन्धान जारी राख्ने जिल्ला प्रहरी प्रमुखसपी नेत्रमनि गिरीले बताए ।
छोराको मृत्युपछि शव ल्याउनसमेत पैसा नभएको भन्दै बुवा जयनाथ घरमा आएर रोइकराइ गरेको माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ यादवले बताए ।
रुबीको हत्यापछि आफैलाई सिध्याउने मनोदशामा लक्ष्मण किन पुगे ? यो सबै घटनाको लामो पृष्ठभूमि के थियो ? असफल प्रेम सम्बन्धले निम्त्याएको घटना मात्रै हो कि जातीय व्यवस्थाबाट सिर्जित ? हामीले यो घटनाको अन्तर्य बुझाउने प्रयास गरेका छौं ।
लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
लक्ष्मणले रुबीलाई १४ वर्षको उमेरमा भगाएर भारत लगेका थिए । त्यसपछि रुबीको परिवारले लक्ष्मणसहित ३ जनाविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका थिए ।
लक्ष्मणको दाहिने हातमा 'माई हार्ट रुबी कुमारी' ट्याटु खोपिएको छ । छातीमा समेत उनले रुबीको तस्बिर बनाएका छन् ।
हत्या गर्ने व्यक्तिले रुबीको शव सुटकेसमा राखेर ई-रिक्सा भाडामा लिएको खुलासा भएको छ।
रुबीको शव खुम्च्याएर राखिएको अवस्थामा भेटिएको छ। श्रीमान्सँग सोधपुछ जारी छ भने सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ।