रुबीको हत्यारानजिक पुग्यो प्रहरी, सुटकेस लैजाने ई-रिक्सा चालक नियन्त्रणमा 

हत्या गर्ने व्यक्तिले रुबीको शव सुटकेसमा राखेर ई-रिक्सा भाडामा लिएको खुलासा भएको छ।

भाद्र ९, २०८२

शिव पुरी

The police approached the murder of Ruby, the e-rickshaw driver carrying the suitcase was under control

What you should know

रौतहट —  रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवा  कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई-रिक्सा चालक राजकुमार महरा हुन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई-रिक्सा ५ सयमा भाडामा लिएका थिए । 

गगापिप्रा गाउँसम्म सुटकेस लैजान हत्याराले ई-रिक्सा भाडामा लिएको प्रहरीको भनाइ छ । मुडलवा गेटनजिक पुगेपछि ई-रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई-रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ ।  

The police approached the murder of Ruby, the e-rickshaw driver carrying the suitcase was under controlपक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् ।  रुबीको हत्याराको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए । 

शनिबार राति रुबीलाई आफ्नो डेरामा बोलाएर हत्या गरेको प्रहरीको भनाइ छ । 'हत्या गर्नेको लगभग पहिचान भइसकेको छ,' एक प्रहरी अधिकृतले भने । शनिबार साँझ करिब ६ बजे आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउनु छ भन्दै रुबी गौर बजार  गएकी थिइन् । रुबी त्यसपछि बेपत्ता भइन् । त्यस राति उनी घर फर्किइनन् ।

राति शंकास्पद अवस्थामा गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस फेला परेको थियो । स्थानीय प्रहरीलाई खबर गरेको थियो । राति शंकास्पद लागेपछि प्रहरीले सुटकेस खोलेन ।  आइतबार बिहान प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव फेला परेको थियो । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully