रुपन्देही लगायत लुम्बिनीका मुख्य सहरमा डिजिटल पेमेन्टको प्रयोग बढ्दै गएको छ । पान पसलदेखि मोबाइल पसलसम्म मलदेखि चिया पसल र क्याफेसम्म अनलाइन पेमेन्ट बढ्दो
रुपन्देही लगायत लुम्बिनीका मुख्य सहरमा डिजिटल पेमेन्टको प्रयोग बढ्दै गएको छ । पान पसलदेखि मोबाइल पसलसम्म मलदेखि चिया पसल र क्याफेसम्म अनलाइन पेमेन्ट बढ्दो
नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयको आर्थिक वर्ष ०८०–८१ को वार्षिक प्रतिवेदनअनुसार गण्डकीमा २ लाख ४२ हजार ३ सय ६० जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता छन् । यही अवधिमा २६ लाख ४९ हजार १ सय ९० जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको तथ्यांक छ ।
अनलाइन बजारले स्थानीय रोजगारीको स्वरूपमा समेत परिवर्तन ल्याएको छ । साना डेलिभरी कम्पनी, मोटरसाइकलमा अर्डर पुर्याउने युवक, ग्राहक सेवा हेर्ने युवतीदेखि लिएर फेसबुक लाइभमार्फत कस्मेटिक सामान बेच्ने गृहिणीसम्म अनलाइन कारोबारको हिस्सा बनेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार हरेक वर्ष क्यूआर कोड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेको संख्या र रकम दुवै उल्लेख्य रुपले बढ्दो छ । यसले नेपाली समाजमा भित्रिएको डिजिटल जीवनशैलीको संकेत गर्दछ ।