महाकालीको बहाव घट्यो, शारदा ब्यारजेको पुलमा सवारी आवागमन सुरु

असार २५, २०८१

भवानी भट्ट

Flow of Mahakali reduced, vehicular traffic started on Sharda barrage bridge

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ । मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको हो । 

बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीका बहाव ९७ हजार ६ सय क्युसेक पुगेको छ । पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि बिहान ७ बजेदेखि पुल ठूला सवारी साधनका लागि खुला गरिएको हो । 

शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो । 

बाढीपहिरो

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully