कञ्चनपुरमा कोरोनाबाट थप ४ जनाको मृत्यु

जेष्ठ १३, २०७८

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा बिहीबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ३ जनाको महाकाली अस्पतालमा र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ जना भीमदत्त नगरपालिका र २ जना बेदकोट नगरपालिकाका रहेका छन् । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

बिहीबार जिल्लामा २१८ जना संक्रमण मुक्त भएका छन् । यसैगरी, पीसीआर परीक्षणबाट २९ र एन्टिजेन परीक्षणबाट ३३ गरी ६२ जनामा संक्रमण पुष्टि भएको छ । 

केही दिनयता जिल्लामा संक्रमण दर घटेको छ भने निको हुने दर बढेको छ । जसका कारण सक्रिय संक्रमितको संख्यामा पनि कमि आएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहिबार जिल्लामा संक्रमित संक्रमितको संख्या ८३८ रहेको छ । 

कोरोना भाइरस

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully