कपिलवस्तुमा कोरोनाबाट थप ३ जनाको मृत्यु

जेष्ठ १३, २०७८

मनोज पौडेल

कपिलवस्तु — कोरोना संक्रमणबाट बिहीबार जिल्लामा ३ जना पुरुषको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको तौलिहवास्थित अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । 

वाणगंगा नगरपालिका–२ का ५७ वर्षीय र वडा नं. ८ का ९८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ५७ वर्षीय पुरुषको होम आइसोलेसनमा र ९८ वर्षीय पुरुषको भैरहवामा उपचार हुदाँहुँदै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

 जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १७३ पुगेको छ । यहाँ बिहीबार ८३ जना नयाँ संक्रमित थपिएर सक्रिय संक्रमितको संख्या बढेर १,२९१ पुगेको छ ।

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully