कोरोनाबाट सेती अस्पतालमा थप ४ को मृत्यु

जेष्ठ ११, २०७८

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । 

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठद्वारा मंगलबार दिउँसो सार्वजनिक गरिएको विवरणमा उल्लेख भए अनुसार मृत्यु हुनेहरुमा कञ्चनपुरको पुनर्वास –४ का ६० वर्षीय पुरुष, कैलालीको  गोदावरी – १० का ५१ वर्षीय पुरुष, कैलालीको गोदावरी – ९ का ४५ वर्षीय पुरुष र कञ्चनपुरको कृष्णपुर – ५ का २८ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालमा मंगलबार दिउँसोसम्म उपचार गराइरहेका  संक्रमितमध्ये  ३ जना भेन्टिलेटरमा, ११ जना आईसियूमा,  अक्सिजनको सपोर्टमा ५० जना संक्रमित रहेका छन् ।  ९ पुरुष र ३ महिला समेत मध्यम अवस्थाका १२ जना आकस्मिक कक्षमा उपचार गराइरहेका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् । 

अस्पतालबाट पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको भएका छन् भने ४ जना नयाँ संक्रमित भर्ना भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ६ सय ५४ जनाको परीक्षण गरिएको छ । जसमध्ये १ सय ३३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । 

मंगलर दिउँसोसम्म अस्पतालमा ६५ जना संक्रमितको उपचार भइरहेको छ । 

कोरोना भाइरस

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully