सिन्धुलीमा कोरोनाबाट थप ३ जनाको मृत्यु

जेष्ठ ११, २०७८

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा कोरोना संक्रमणबाट मंगलबार थप तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमलामाइ नगरपालिका–४ की ७८ वर्षीया महिला, सर्लाही लालबन्दीका ५७ वर्षीय पुरुष र कमलामाइ–१४ की ५५ वर्षीया महिला रहेका छन् । मृतकहरु कोभिड अस्पतालमा उपचाररत थिए । 

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । मृतक तीनै जनाको अक्सिजनको सपोर्टमा उपचार भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन सन्तोष माझीका अनुसार एन्टिजेन परीक्षण सहितका गरी हालसम्म सिन्धुलीमा एक हजार ५२ जना संक्रमित रहेका छन् । तीमध्ये संस्थागतमा आइसोलेसनमा २९ र  होम आइसोलेसनमा ८७९ जना उपचाररत छन् । १३४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।  

कोरोना भाइरस

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully