सेती प्रादेशिक अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

वैशाख ३०, २०७८

कान्तिपुर संवाददाता

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका मध्ये पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार बिहीबार दिउँसोसम्म  मृत्यु हुनेमा कैलालीका ३ पुरुष रहेका छन् । 

मृत्यु हुनेहरुमा कैलालीको गोदावरी–३  का ३१ वर्षीय पुरुष, कैलाली धनगढी–२ का ४९ वर्षीय पुरुष र कैलालीकै धनगढी– ३ का ५२ वर्षीय पुरुष रहेको श्रेष्ठले बताए । 

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा  बिहीबार दिउँसोसम्म  उपचाररत ६७ जना संक्रमितमध्ये ५ जनाको भेन्टिलेटरमा, आईसियूमा २० जना र  अक्सिजनको सपोर्टमा ४५ जना तथा  अन्य २ जना रहेका छन्  ।  

पछिल्लो २४ घण्टामा अस्पतालको पीसीआर प्रयोगशालामा ७ सय ७६ जनाको परीक्षणमा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully