दार्चुला सदरमुकाममा थप ५० जनामा कोरोना संक्रमण

कार्तिक ५, २०७७

मनोज बडू

दार्चुला — महाकाली नगरपालिकामा एकै पटक ५० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । डडेलधुरा अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा जिल्ला सदरमुकाम क्षेत्र रहेको महाकाली नगरपालिका ४ र ५ वडाभित्रका थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा दार्चुला कारागारभित्रका कैदीबन्दी तथा अन्य समुदायस्तरका कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि भएकामध्ये ३५ जना कारागारका कैदीबन्दी र १५ जना समुदायका मानिसहरु रहेका छन् । 

योसँगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई सय ५० पुगेको छ । यसअघि कारागारका दुई जनामा कोरोना देखिएको थियो 

कोरोना भाइरस

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully