कैलालीमा ११ दिन निषेधाज्ञा

भाद्र ३, २०७७

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाभर बिहीबार राति १२ देखि लागू हुने गरी भदौ १४ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । उनका अनुसार निषेधाज्ञा जारी गरेको अवधिमा सरकारी तथा निजी सवारी साधन, व्यापार व्यवसाय बन्द रहने छन् । खाद्यान्न, दूध, तरकारी, औषधि पसल, अस्पताल लगायतका अत्यावश्यक सेवाहरुलाई खोल्न दिइने छ ।संक्रमण बढ्दै गएकाले निषधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी बोहाराले बताएका छन् ।

कैलालीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७३ पुगेको छ । ती मध्ये १ हजार १ सय ७३ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस

मोहन

Link copied successfully