महाकाली अस्पतालबाट थप ८ जना डिस्चार्ज

असार ९, २०७७

भवानी भट्ट

कञ्चनपुर — ८ जना कोरोना स‌ंक्रमित महाकाली अस्पतालबाट मंगलबार डिस्चार्ज भएका छन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुलाई परीक्षणै नगरी डिस्चार्ज गरिएको अस्पतालका डा सरोज आचार्यले बताए । 

डिस्चार्ज हुनेहरुमा माहाकाली नगरपालिकाका ५ जना, शुक्लाफांटा, बेलौरी र पुनर्वास नगरपालिकाका एक/एक जना छन् ।अस्पतालबाट हालसम्म ११ महिने बालकसहित ५० जना डिस्चार्ज भइसकेका छन् ।

हाल अस्पतालको आसोलेसनमा १४ जना छन्  । उनीहरु सबैको अवस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको डा. आचार्यले बताए ।

कोरोना भाइरस

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully