स्पेनको सम्पूर्ण फुटबल यात्रा

डिफेन्डिङ च्याम्पियन रहेको अर्जेन्टिनामाथि १–० को जित निकाल्दा जुन प्रदर्शन रह्यो, त्यो स्पेनको फरक खाले प्रदर्शन थिएन । बरू ठ्याक्कै त्यस्तै थियो, अझ यो शैली कति बलियो छ भन्ने प्रमाण बनेको छ ।

श्रावण ४, २०८३

रोयटर्स

The entire football journey of Spain

What you should know

इस्ट रडरफोर्ड — स्पेनले आइतबार विश्वकप २०२६ को उपाधि जित्ने क्रममा फुटबलको सम्पूर्ण यात्रा पूरा गरेको छ भन्दा केही फरक पर्ने छैन् । यसमा कलात्मक खेलदेखि संघर्षपूर्ण स्थिति रह्यो । यस्तै यसमा शुद्ध खेल शैलीदेखि अदम्भ धैर्यको प्रदर्शन पनि रह्यो । यसक्रममा उनीहरू त्यहीँ पुगे, जहाँ पुग्न चाहन्थे ।

 स्पेनले आइतबार विश्वकप २०२६ को उपाधि जित्ने क्रममा फुटबलको सम्पूर्ण यात्रा पूरा गरेको छ भन्दा केही फरक पर्ने छैन । यसमा कलात्मक खेलदेखि संघर्षपूर्ण स्थिति रह्यो । यस्तै शुद्ध खेलशैलीदेखि अदम्भ धैर्यको प्रदर्शन पनि रह्यो । यसक्रममा उनीहरू त्यहीं पुगे, जहाँ पुग्न चाहन्थे । 

स्पनेले सक्दो बल आफ्नो नियन्त्रणमा राखेर खेल्ने शैलीबाट विश्वकप जितेको छ, त्यसमा आफ्नो खेलप्रति आत्मविश्वास हुने भयो । डिफेन्डिङ च्याम्पियन रहेको अर्जेन्टिनामाथि १–० को जित निकाल्दा जुन प्रदर्शन रह्यो, त्यो स्पेनको फरक खाले प्रदर्शन थिएन । बरू ठ्याक्कै त्यस्तै थियो, अझ यो शैली कति बलियो छ भन्ने प्रमाण बनेको छ । 

स्पेनले बलमाथि यसरी नियन्त्रण राखेको थियो कि त्यो टोलीका लागि राष्ट्रिय सम्पत्ति थियो । यस क्रममा लगातार पास खेल्यो, अवसर सिर्जना गर्‍यो र खेलमाथि धैर्यपूर्वक नियन्त्रण राख्यो । जवाफमा अर्जेन्टिनाले पनि केही समय कडा रक्षात्मक खेल खेलेको थियो । खेल अतिरिक्त समयमा पुग्दा पनि स्पेन आत्तिएन । स्पेनको नीति नै थियो, कोही एक खेलाडी टिमभन्दा ठूलो हुन सक्दैन । 

The entire football journey of Spain

यस्तोमा स्पेनले केही सब्स्टिच्युट खेलाडी मैदानमा उतारे अनि तिनले नै निर्णायक गोल निकाले । सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा आएका निको विलियम्सले सुरुमा अवसर सिर्जना गरे । त्यसमै फेरान टोरेसले निर्णायक गोल गरेका थिए । रमाइलो तथ्यांक के छ भने नकआउट चरणमा स्पेनका लागि सब्स्टिच्युट खेलाडीले गरेको यो तेस्रो गोल थियो । यो तथ्यले देखाउने गर्छ, लुइस डे ला फुन्टेको टिम वास्तवमै कस्तो छ भनेर । यसलाई सायद शब्दजालको खेल रणनीतिले बयान गर्न सकिन्न । 

स्पेनले प्रमाणित गरेको छ, यो व्यक्तिगत खेलाडीले चम्किने टिम होइन । बरू त्यस्तो टिम हो, जसलाई एउटा अर्केस्टाको रूपमा व्याख्या गर्न सकिन्छ, जसमा अगाडि आउने खेलाडी होस् वा पछाडि, सबैले सुर र ताल उत्तिकै बुझेका छन् । तथ्यांकमै जाने हो भने स्पेनले पूरा खेल अवधिमा ६५ प्रतिशतभन्दा बढी बल आफ्नो नियन्त्रणमा राखेको थियो, त्यो पनि अर्जेन्टिना जत्तिको टिमविरुद्ध । यसक्रममा १२ अवसरमा स्पेनले लक्ष्यतर्फ प्रहार गरेको थियो ।

The entire football journey of Spain

फेरि अर्जेन्टिनाको तुलनामा दुई गुणा बढी सफलतापूर्वक पासको शृंखला चलाए । अर्जेन्टिनाले त खेलको अतिरिक्त समयमा मात्र एउटा त्यस्तो प्रहार निकालेको थियो, जुन आफैंमा लक्ष्यतर्फ अग्रसर थिएन । यस अर्थमा स्पेनको जितलाई पूर्ण प्रभुत्वले भरिएको मान्न मिल्छ, तर यो आफैंमा सजिलो भने थिएन । स्पेनले जितका लागि मिहिनेत गरेकै हो ।

केही अवसरमा स्पेनी टिममा एउटा ठूलो समस्या देखियो । त्यो थियो, परम्परागत सेन्टर फरवार्डको अभाव । त्यसैले त स्पेनले त्यति धेरै अवसर सिर्जना गरेको भएता पनि त्यसअनुसार गोल भने गर्न सकेन । अर्जेन्टिनाले यसको पनि फाइदा लिन सकेन । त्यसैले त व्यक्तिगत पुरस्कारमा पनि स्पेनकै हाबी रह्यो । पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए भने उनाइ सिमोन उत्कृष्ट गोलरक्षक चुनिए ।

यस्तै कप्तान रोड्री त प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । गोल्डेन बुट अवार्ड मात्रै फ्रान्सका केलियन एमबाप्पेको नाममा रह्यो । पूरा प्रतियोगितालाई फर्केर हेर्ने हो भने स्पेनको सफलतापछि एक खेलाडीको मात्र प्रभाव थिएन भनेर प्रमाणित भएको छ । अझ भन्ने हो भने स्पेन एकै गोलकर्तामा निर्भर थिएन । त्यसैले त ८ खेलमा सम्भव १४ गोल फरक ८ खेलाडीले गरेका थिए ।

The entire football journey of Spain

यो त सन् २०२४ मा स्पेनले युरोपेली च्याम्पियनसिप जित्दाकै अवसर जस्तो रह्यो । त्यतिबेला टोलीको कीर्तिमान १६ गोल १० फरक खेलाडीले गरेका थिए । अर्जेन्टिनामाथिको यो जितले स्पेनको अपराजित यात्रा कीर्तिमान ३८ खेलसम्म पुगेको छ । स्पेनले यसअघि इटालीको नाममा रहेको कीर्तिमान उछिनेको छ । टोलीले पछिल्लो तीन वर्षमा गरेको सफल प्रदर्शन अहिले विश्व च्याम्पियनमा परिणत भएको छ ।

यो सफलताले प्रशिक्षक फ्न्टेको कद पनि अग्लिएको छ । नत्र उनलाई प्रशिक्षकको जिम्मेवारी दिँदा यस्तो प्रदर्शन गर्ने पनि थिए, को हुन् यिनी ? हुन पनि फुन्टेले यसअघि स्पेनी युवा टिमको मात्र जिम्मेवारी हेरेका थिए । त्यसैले स्पेनी मिडियाले उनको खिल्ली उडाउन बिर्सेन । तर उनले यसको जवाफ मैदानबाहिरबाट होइन, भित्रबाट दिएका छन् र यो आफैंमा ठूलो हो ।

The entire football journey of Spain

अहिलेको स्पेनी टिम प्रायः विभाजित रहने स्पेनको एक ढिक्का भएको परिणाम पनि हो, फरक क्षेत्र, भाषा, उच्चारण र पहिचानको आधारमा । जस्तो यो टिममा बास्क क्षेत्रबाट मिकेल ओयारजाबल, उनाइ सिमोन र मिकेल मेरिनो छन् अनि गासिसियाबाट बोर्जा इक्गलेसियास, भ्यालेन्सियाबाट फेरान टोरेस, म्याड्रिडबाट रोड्री नै भए । यस्तै क्याटलन क्षेत्रमा जन्मेका ९ खेलाडी पनि स्पेनी टिममा थिए ।

त्यसमा पाउ कुबार्सी र मार्क कुकुरेला पर्छन् । लामिन यामल र निको विलियम्स जस्ता आप्रवासीका सन्तान पनि यही टिममा छन् । स्पेनको सफलता त्यस्तो रह्यो, जुन राजनीतिबाट प्रायः प्राप्त गर्न सकिन्न तर फुटबलबाट भने सकिन्छ । फुटबलले स्पेनलाई फेरि एकपल्ट एकताबद्ध गरेको छ । विश्व च्याम्पियनको यात्राका क्रममा पूर्ण राष्ट्र भएको अनुभूति दिलाएको छ ।  

विश्वकप २०२६

रोयटर्स

Link copied successfully