चोटका कारण उनी समूह चरणको पहिलो खेलमा टोलीमै थिएनन् भने दोस्रो र तेस्रो खेलमा बेञ्चमा थिए । दक्षिण अफ्रिकाविरुद्ध अन्तिम ३२ को खेलमा उनी बेञ्चबाट आएर खेलेका थिए ।
काठमाडौँ — क्यानडाले शनिबार मोरक्कोविरुद्ध हुने अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्दा अल्फोन्सो डेभिस प्लेयिङ ११ मा फर्किन सक्ने छन् ।
चोटका कारण उनी समूह चरणको पहिलो खेलमा टोलीमै थिएनन् भने दोस्रो र तेस्रो खेलमा बेञ्चमा थिए । दक्षिण अफ्रिकाविरुद्ध अन्तिम ३२ को खेलमा उनी बेञ्चबाट आएर खेलेका थिए ।
गत महिना च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखबाट पेरिस सेन्ट जर्मेनविरुद्ध खेल्दा उनलाई ह्यामस्ट्रिङ भएको थियो । अक्टोबरमा एसीएलमा चोट बोकेपछि उनी ८ महिना लगाएर मैदानबाहिर फर्किएलगत्तै उनले अर्को चोट बोकेका थिए ।
उनी मुख्यतः लेफ्ट फुलब्याकको पोजिसनमा खेल्छन् । तर तीव्र गति, ड्रिब्लिङ, क्रसिङ क्षमता, उनीसँग विङब्याक, लेफ्ट मिडफिल्डमा पनि खेल्छन् र सुन्दर क्रसहरू निकाल्ने गर्छन् ।
त्यसैले उनी क्यानडाको ठूलो आशा थिए, जसका कारण टोलीका अमेरिकन प्रशिक्षक जेसी मार्सले घाइते अवस्थामा पनि २५ वर्षे डेभिसलाई विश्वकप खेल्ने टोलीमा राखेका थिए ।
उनले २०१९ मा क्यानडाको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए, त्यसयता ५९ खेल खेल्दै १५ गोल गरेका छन् । डेभिसले यसअघि २०२२ को विश्वकप पनि खेलेका थिए, त्यसमा क्रोएसियाविरुद्धको खेलमा गोल गरे, जुन क्यानडाको विश्वकप इतिहासमा पहिलो गोल पनि हो ।
