कमजोर मानिएको केप भार्डेविरुद्ध स्पेनले एकोहोरो आक्रमण गरिरहे पनि फरवार्डको भूमिकामा रहेका ओयारजाबलले पहिलो ३० मिनेट बल छुन पनि पाएनन् ।
काठमाडौँ — सबै कीर्तिमान सम्झनयोग्य हुन्छ भन्ने छैन, स्पेनका मिकेल ओयारजाबलले यस विश्वकपमा स्पेनको पहिलो खेलमा केप भार्डेविरुद्ध यस्तो कीर्तिमान बनाए, जुन बिर्सनलायक रह्यो ।
कमजोर मानिएको केप भार्डेविरुद्ध स्पेनले एकोहोरो आक्रमण गरिरहे पनि फरवार्डको भूमिकामा रहेका ओयारजाबलले पहिलो ३० मिनेट बल छुन पनि पाएनन् ।
सन् १९६६ देखि तथ्यांक राख्न लागेयता पहिलो पटक यस्तो भएको थियो । स्पेन ‘फल्स नाइन’ मा जोड दिने हुनाले बल मिडफिल्डमा घुमिरहेको कारण पनि हुनसक्छ ओयारजाबल नकारात्मक कीर्तिमानको सिकार बने । उनै ओयारजाबलले अर्को खेलमा साउदी अरेबियाविरुद्ध दुई गोल गर्नुका साथै लामिन यामललाई गोलका लागि पास उपलब्ध गराइदिएका थिए ।
ओयारजाबल यस्ता खेलाडी हुन्, जसले २०१९/२० र २०२५/२६ कोपा डेल रेको फाइनलमा गोल गरेको इतिहास छ । युरो २०२४ मा इंग्ल्यान्डविरुद्धको फाइनलमा पनि उनले ८६ औं मिनेटमा विजयी गोल गर्दै स्पेनलाई उपाधि दिलाएका थिए ।
उनी स्पेनिस टोली रियल सोसिडाडका महान खेलाडी हुन् । यो बास्क टोलीका लागि उनले ४ भन्दा बढी खेल खेल्दै १ सय ३० गोल गरेका छन् । उनी यस टोलीका कप्तान पनि हुन् । स्पेनको राष्ट्रिय टोलीबाट उनले २०१६ मा ‘डेब्यु’ गरेका थिए ।
त्यसयता उनले ५६ खेल खेल्दै २७ गोल गरेका छन् । यस विश्वकपमा उनले समूह चरणको तीनै खेलमा पहिलो रोजाइबाट खेलेका थिए ।
