जापान अन्तिम ३२ को नजिक

जापान एसियाली देशमध्ये विश्वकपको एकै खेलमा चार गोल गर्ने पनि पहिलो टिम भएको छ ।

असार ७, २०८३

कान्तिपुर संवाददाता

Japan close to last 32

काठमाडौँ — आयसे युएदाको दुई गोलमा जापानले विश्वकप २०२६ को आइतबार भएको खेलमा ट्युनिसियालाई ४-० ले हराएको छ । विश्वकपमा जापानले एकै खेलमा चार गोल गरेको यो नै पहिलो पटक हो । यस्तै जापान एसियाली देशमध्ये विश्वकपको एकै खेलमा चार गोल गर्ने पनि पहिलो टिम भएको छ ।

समूह 'एफ' मा प्राप्त यो जितपछि जापान अन्तिम ३२ को नजिक पनि पुगेको छ । जापानको दुई खेलबाट चार अंक भएको छ । नेदरल्यान्ड्स पनि समान चार अंकमा रहेको छ । स्विडेन तीन अंकसहित तेस्रो स्थानमा छ ।

Japan close to last 32

लगातार दोस्रो खेलमा पराजित भएपछि ट्युनेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ । स्टाडियो मोन्टेरीमा भएको खेलमा जापान पूर्ण हाबी रह्यो । जापानले खेलको चौथो मिनेटमा अग्रता लिएको थियो । दाइची कामाडाले नजिकको दूरीबाट गोल गरेका हुन् ।

युएदाले ३१ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । जुनया इतोले ६९ औं मिनेटमा तेस्रो गोल थपे । खेलको ८३ औं मिनेटमा युएदाले चौथो गोल गरे ।

Japan close to last 32

स्विडेनविरुद्धको खेल गुमाएपछि ट्युनिसियाले आफ्ना प्रशिक्षक सब्री लामोचीलाई बर्खास्त गरेको थियो । उनको स्थानमा जापानविरुद्धको खेलमा हार्भे रेनार्डले ट्युनेसियाली टिम सम्हालेका थिए, तर उनले पनि टिमको ठूलो अन्तरको हार टार्न सकेनन् ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully