स्टाडियो मोन्टेरीमा भइरहेको खेलमा जापानका लागि दाइची कामाडाले चौथो मिनेटमा नजिकको दूरीबाट गोल गर्दै खाता खोले ।
काठमाडौँ — जापानले विश्वकप २०२६ को आइतबार ट्युनेसियाविरुद्धको खेलमा पहिलो हाफ सकिंदा २–० को अग्रता लिएको छ ।
स्टाडियो मोन्टेरीमा भइरहेको खेलमा जापानका लागि दाइची कामाडाले चौथो मिनेटमा नजिकको दूरीबाट गोल गर्दै खाता खोले ।
खेलको ३१ औं मिनेटमा आयसे युएदाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलमाथि जापानले पूर्ण नियन्त्रण राखेको छ र ट्युनेसियाले अहिलेसम्म कुनै राम्रो अवसर सिर्जना गर्न सकेको छैन् ।