फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'डी' को टर्किएविरूद्धको खेलमा पाराग्वेले १–० को जीत निकालेको छ ।
सान फ्रान्सिस्को (क्यालिफोर्निया) — फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'डी' को टर्किएविरूद्धको खेलमा पाराग्वेले १–० को जीत निकालेको छ । खेलको ६५औँ सेकेन्डमै पाराग्वेका माटियास गालार्जाले सानदार गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। अन्तत: सोही गोल नै जीतका लागि पर्याप्त रह्यो ।उक्त गोल यस विश्वकपको हालसम्मको सर्वाधिक छोटो समयमा भएको हो ।
पाराग्वेका फरवार्ड मिगुएल अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा रेड कार्ड खाएर १० खेलाडीमा सीमित भएपनि टर्किएले गोल फर्काउन सकेन । खेलको ७९ प्रतिशत समय आफ्नो पक्षमा राखेपनि विश्व वरियतामा २२ औँ स्थानमा रहेको टर्किए ४१ औँ स्थानको पाराग्वेसँग हार्न पुग्यो । यो हारसँगै टर्किए विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ ।
खेलको ७९ प्रतिशत समय आफ्नो पक्षमा राखेपनि विश्व वरियतामा २२ औँ स्थानमा रहेको टर्किए ४१ औँ स्थानको पाराग्वेसँग हार्न पुग्यो । यो हारसँगै टर्किएविश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ ।
