२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको उत्कृष्ट सुरुआत, इराकविरुद्ध ४–१ गोल अन्तरको जित

फिफा विश्वकप २०२६ अन्तर्गत नर्वेले इराकलाई ४–१ गोल अन्तरले हराउँदै शानदार विजयी सुरुआत गरेको छ ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Norway's return to the World Cup after 28 years makes a great start, winning 4-1 against Iraq

काठमाडौँ — फिफा विश्वकप २०२६ अन्तर्गत नर्वेले इराकलाई ४–१ गोल अन्तरले हराउँदै शानदार विजयी सुरुआत गरेको छ । 

अमेरिकाको बोस्टनमा बुधबार बिहान सम्पन्न खेलमा नर्वेले उत्कृष्ट सुरुआत गरेको हो । 

फिफा विश्वकपमा २८ वर्षपछि फर्किएको नर्वेको सुरुवाती खेल नै उत्कृष्ट देखिएकाले यस समूहमा रहेका फ्रान्स र सेनेगललाई आगामी यात्राका लागि चुनौतीपूर्ण बन्ने भएको छ । आजको जितसँगै विश्वकप २०२६ मा नर्वेले ३ अंक जोडेको छ ।  

नर्वेको जितका लागि स्टार ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे । खेलमा नर्वे सुरुआतदेखि नै इराकविरुद्ध हावी थियो । पहिलो हाफको २९ औं मिनेटमा डेभिड मलर वुल्फको पासमा हालान्डले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

यस्तै ३९ औं मिनेटमा इराकका अमिर अल अमारीको पासमा आयमेन हुसेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

तर त्यसको चार मिनेटमै ४३औं मिनेटमा हालन्डले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याएका थिए । दोस्रो हाफमा पनि हावी रहेको नर्वेका लागि ७३औं मिनेटमा लियो ओस्टिगार्डले गोल गर्दै ३–१ को स्थितिमा पुर्‍याए । 

निकै संघर्ष गरिरहेको इराकका आयमेन हुसेनले अन्तिम समयमा आत्मघाती गोल गर्न पुगेपछि नर्वेले आफ्नो पहिलो खेल इराकविरुद्ध ४–१ को जित दर्ज गर्न पुग्यो । राति नै भएको यही समूहको अर्को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।    

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully