विश्वकपको स्पेनिस टोलीमा यामल, मेरिनो नै स्टार

यो पहिलो विश्वकप हुनेछ, जहाँ स्पेनिस टोलीमा रियल म्याड्रिडका खेलाडी समावेश गरिएको छैन ।

जेष्ठ ११, २०८३

एएफपी

Yamal, Merino are the stars in the Spanish World Cup team

What you should know

म्याड्रिड — प्रशिक्षक लुइस डे ला फोन्टेले सोमबार विश्वकप फुटबलका लागि घोषणा गरेको स्पेनिस टोलीमा लामिन यामल स्टार खेलाडीको रूपमा रहेका छन् । चोटबाट फर्किएका आर्सनलका मिडफिल्डर मिकेल मेरिनोलाई पनि टोलीमा समावेश गरिएको छ ।

यो पहिलो विश्वकप हुनेछ, जहाँ स्पेनिस टोलीमा रियल म्याड्रिडका खेलाडी समावेश गरिएको छैन । रियल म्याड्रिडका रक्षकद्वय डिन हुइसेनलाई ‘ड्रप’ गरिएको छ भने चोटमा संघर्ष गर्दै सिजन बिताएका भेट्रान डानी कार्भाजललाई पनि टोलीमा राखिएको छैन । यस विषयमा डे ला फोन्टेले कुन खेलाडी, कहाँबाट आउँछ त्यो आफूले नहेर्ने गरेको बताए ।

प्रशिक्षक डे ला फोन्टेका प्रिय मेरिनोले आइतबार आर्सनलबाट क्रिस्टल प्यालेसविरुद्धको खेलमा वैकल्पिक भएर ६२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । खुट्टामा चोट बोकेयता उनले जनवरीपछि पहिलो खेल खेलेका हुन् ।

डे ला फोन्टेले यस सिजनमा प्रभावशाली प्रदर्शन गर्दै आएका रक्षकद्वय बार्सिलोनाका इरिक गार्सिया र एट्लेटिको म्याड्रिडका मार्स पुबिललाई पनि टोलीमा समावेश गर्दै हुइसेन र एट्लेटिकोका रोबिन ली नोर्मन्डलाई पाखा लगाएका हुन् ।

सिजन भरी फिटनेसको समस्या झेलिरहेका स्पेनलाई यूरो २०२४ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका बार्सिलोनाका १८ वर्षे यामल र एथलेटिक बिलबाओका निको विलियम्सले राष्ट्रिय टोलीमा निरन्तर स्थान पाएका छन् । ह्यामस्ट्रिङका कारण यामलले अप्रिल अन्तिम सातायता खेलेका छैनन् । उनले विश्वकपको पहिलो खेल खेल्नेमा द्विविधा नै छ ।

स्पेनिस टोलीमा रहेका बार्सिलोनाका आठ खेलाडीमध्ये एक हुन् यामल । बार्सिलोनाका मिडफिल्डरद्वय ग्याभी र पेड्री तथा गोलरक्षक योएन गार्सिया स्पेनिस टोलीमा छन् । ‘हामीले सबै क्लबको स्वास्थ्य शाखासँग समन्वय गरिरहेका छौं,’ टोलीको घोषणा गर्दै प्रशिक्षक डे ला फोन्टेले भने, ‘उनीहरूले दिएको रिपोर्टअनुसार हाम्रा सबै खेलाडी पहिलो वा दोस्रो खेलसम्म तयार भइसक्ने छन् ।’

लामो समय मैदानबाहिर रहेका ग्याभी घुँडाको चोटका कारण मार्चमा फर्किएका थिए । उनले बार्सिलोनाबाट त्यसयता प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । स्पेनको टोली घोषणाका क्रममा बार्सिलोनाको जिम सत्रमा ग्याभी भावुक हुदै ठुलो खुसी मनाएको भिडियो यामलले सामाजिक सन्जालमा पोस्ट गरेका छन् ।

समूह ‘एच’ मा रहेको स्पेनले जुन १५ मा केप भार्डेसँग खेलेर विश्वकप सुरु गर्नेछ । त्यसपछि टोलीले साउदी अरेबिया र उरुग्बेको सामना गर्नेछ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully