नगद पुरस्कार पूरा टोली, प्रशिक्षकहरू र टोलीसँग रहेका अन्य सदस्यहरूमा वितरण गरिने जनाइएको छ । उपाधि जितेबापत भारतीय टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट २३ लाख ४० हजार डलर पुरस्कार रकम पाएको थियो । उपविजेता न्युजिल्यान्डले ११ लाख ७० हजार डलर पुरस्कार पाएको छ ।
दिल्ली — भारतीय क्रिकेट नियत्रण बोर्ड (बीसीसीआई) ले ट्वान्टी–२० विश्वकप विजेता भारतीय टोलीलाई १ करोड ४० लाख डलर (१३१ करोड भारु) दिने घोषणा गरेको छ । प्रतियोगिताको दाबेदार भारतले आइतबार न्युजिल्यान्डलाई अहमदाबादमा भएको फाइनलमा ९६ रनले पराजित गरेको थियो ।
सोक्रममा उपाधि रक्षा गर्ने भारत पहिलो टोली बनेको थियो । दुई वर्षअघि वेस्ट इन्डिजमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । साथै भारत ट्वान्टी–२० विश्वकप ३ पटक जित्ने पहिलो राष्ट्र पनि बनेको थियो । ट्वान्टी–२० विश्वकपको १० संस्करणमा पहिलो पटक घरेलु टाली विजेता बनेको हो ।
विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारतमा क्रिकेट लोकप्रिय खेल हो भने शीर्ष क्रिकेट खेलाडीहरूले उच्च प्राथमिकता पाउँछन् । भारतीय समाज र संस्कृतिमा क्रिकेट जरासम्मै गढेको छ र क्रिकेटलाई एकताको प्रतीकका रूपमा हेरिन्छ ।
बीसीसीआई विश्वको सबैभन्दा धनी र शक्तिशाली क्रिकेट संस्था हो । बीसीसीआईले नगद पुरस्कार घोषणा गर्नेक्रममा आफ्ना खेलाडी, प्रशिक्षण टोली र छनोटकर्ताको उच्च प्रशंसा गर्दै उपाधिलाई ‘ऐतिहासिक सफलता’ भनेको छ । बीसीसीआई सचिव देवजित सैकियाले विज्ञप्तिमा ट्वान्टी–२० संरचनामा भारत सबैभन्दा सफल टोली बनेको जनाएका छन् ।