भारतले पछिल्लो समय प्राप्त गरेको सफलतामा उनको डेथ ओभर बलिङ प्रमुख कारण रहेको छ । इंग्ल्यान्डविरुद्ध सेमिफाइनलमा प्राप्त भारतको जित पनि त्यसकै एउटा अर्को उदाहरण भएको छ ।
अहमदावाद — आफूले चाहे जस्तो गरेर योर्कर बलिङ गर्न सक्ने भएकै कारण जसप्रित बुमराह प्रमुख खेलाडी हुनेछन्, जति बेला भारतले आइतबार तेस्रो पल्ट ट्वान्टी–२० विश्वकप जित्ने प्रयास गर्नेछ । क्रिकेटका लागि पागल नै हुने भारतका करोडौं प्रशंसकको विश्वास पनि तिनै बुमराहमाथि हुनेछ ।
भारतले पछिल्लो समय प्राप्त गरेको सफलतामा उनको डेथ ओभर बलिङ प्रमुख कारण रहेको छ । इंग्ल्यान्डविरुद्ध सेमिफाइनलमा प्राप्त भारतको जित पनि त्यसकै एउटा अर्को उदाहरण भएको छ । जितका लागि २ सय ५४ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा ज्याकोब बेथलले छक्काको वर्षा गराइरहेका थिए । यस्तोमा एक समय इंग्ल्यान्डलाई जितका लागि १८ बलमा ४५ रन चाहिएको थियो ।
त्यही बेला भारतका कप्तान सूर्यकुमार यादवले बलिङको जिम्मा बुमराहलाई दिए । त्यो खेलका १८ औं ओभर थियो, अनि उनको अन्तिम ओभर पनि । यसक्रममा दायाँ हाते बलरले तीन सटिक योर्कर बलिङ गरे, अनि दुई फुल टस बल पनि । सँगै एक फुल बल पनि । त्यस ओभरमा बेथल र साम करनले छ रन मात्र जोड्न सके । यो नै अन्ततः खेलको निर्णायक मोड रह्यो र इंग्ल्यान्ड अन्त्यमा सात रनले पराजित रह्यो । बेथलको शतकले पनि काम गरेन् ।
पूर्वपाकिस्तानी कप्तान फाफ डे फ्लेसिसले बुमराहको खुलेर प्रशंसा गरेका छन् र यी ३२ वर्षीय बलरबारे भन्छन्, ‘भारत कति धेरे भाग्यमानी छ भने उससँग बुमराह जत्तिको बलर छ । खेल जुनसुकै ढाँचाको किन नहोस्, धेरैपल्ट प्रमाणित भइसकेको छ, बल बुमराहलाई दिनुपर्छ, जित उनकै टिमको हुन्छ । यो त कोही पनि कप्तानका लागि अचुक अस्त्र हो ।’ त्यही खेलमा ८९ रन बनाएका सन्जु सामसन पनि मान्छन्, बुमराह एक पुस्तामा देखिने एक दुर्लभ खेलाडी हुन् ।
उनको ‘फ्रन्ट अफ स्लिङसट एक्सन’ को बलिङ शैली खासमा पारम्परिक छैन् । त्यसकै माध्यमले उनले यस विश्वकपको दोस्रो सेमिफाइनलमा ३३ रन मात्र खर्चेर एक विकेट लिए । त्यो पनि पूरा चार ओभर बलिङ गरे । फेरि उनको यो प्रदर्शन वानखेडेमा भएको त्यस खेलमा सम्भव भएको हो, जसमा दुवै टिमको स्कोर मिलाएर हुन्छ, ४ सय ९९ रन ।
इंग्लिस कप्तान ब्रेन्डन म्याककलमले पनि भनेका छन्, ‘विश्व क्रिकेटमा अहिले बुमराह नै उत्कृष्ट बलर हुन्, उनकै सटीक प्रदर्शनका कारण खेलमा हारजित हुन्छ ।’ यस्तै भारतका पूर्वखेलाडी सञ्जय मान्जरेकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस सेमिफाइनलबारे कुरा गर्ने धेरै मोड छन् । तर दुई टिमबीचको अन्तर भएको एउटै खेलाडी हुन् र उनी हुन्, महान् जसप्रित बुमराह ।’ उनको उपनाम पनि रहेको छ, ‘बुम बुम’ ।
भारतका लागि ९४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा उनले १ सय १७ विकेट लिइसकेका छन् । उनले सन् २०१६ मा भारतका लागि डेब्यु गरेका थिए । अब फाइनलका लागि उनी अहमदावादका रूपमा त्यस सहरमा फर्कनेछन्, जहाँ उनको जन्म भएको थियो । उनको फरक बलिङ शैलीका कारण थियो, निकै साँघुरो बलिङ अभ्यास गर्ने ठाउँ । खासमा त्यो उनको अपार्टमेन्ट अगाडिको गाडी पार्किङ स्थल थियो ।
खेल जीवन नै सकाउन सक्ने ढाडको चोटबाट मुक्त भएपछि बुमराहले गत वर्ष मात्रै टिममा पुनः आगमन गरेका थिए । सन् २०२२ मा पनि उनलाई यस्तै समस्या भएको थियो । सन् २०२४ मा भारतले टी–२० विश्वकप जित्दा पनि उनी नै प्रमुख खेलाडी थिए । उनकै कारण दक्षिण अफ्रिकाले फाइनलको अन्तिम ३० बलमा ३० रन बनाउन सकेको थिएन । त्यति बेलाका कप्तान रोहित शर्माले त्यस प्रदर्शनलाई लिएर भनेका थिए, ‘अद्वितीय’ ।
