‘सिरिज खेल्ने कार्यक्रम हामी तय गर्दैनौं । तर अवसर मिलेमा हामी यसका लागि तयार छौं । आजभोलि टेस्ट क्रिकेट र एसोसियट देश भनेर मात्र अल्झिरहनु ठीक हुन्न ।’
मुम्बई — वेस्ट इन्डिज टिमका कप्तान साई होपले भविष्यमा नेपालसँग क्रिकेट सिरिज खेल्न आफूहरू तयार भएको बताएका छन् । उनले नेपाल राम्रो टिम रहेको र भविष्यमा यसबाट धेरै अपेक्षा गर्न सकिने पनि बताए ।
उनले भने, ‘सिरिज खेल्ने कार्यक्रम हामी तय गर्दैनौं । तर अवसर मिलेमा हामी यसका लागि तयार छौं । आजभोलि टेस्ट क्रिकेट र एसोसियट देश भनेर मात्र अल्झिरहनु ठीक हुन्न ।’
उनले सेतो बलका क्रिकेटमा नेपाल जस्ता एसोसियट देश निकै बलियो भएको पनि माने । उनले नेपाल जस्तो क्रिकेटमा उदीयमान देशसँग टेस्ट मान्यता प्राप्त टिमले खेलिरहनुमा पनि जोड दिए । नेपालले यसअघि सारहजाँमा भएको ट्वान्टी-२० सिरिजमा वेस्ट इन्डिजलाई नै हराएको थियो ।
तर त्यसबारे उनले भने, ‘हामी इतिहासमै मात्र अल्झिरहनु ठीक हुन्न । त्यति बेला जे भयो त्यो भयो । हामीले वर्तमानमा बस्ने हो । अहिले हामीले नेपाललाई हराएका छौं ।’
