गोर्खाजको टोलीमा नटराजनको स्थानमा सोनु

ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी नटराजन साह घाइते भएपछि सोनु देवकोटालाई आफ्नो टोलीमा समावेश गरिएको काठमान्डु गोर्खाजले जनाएको छ ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Sonu replaces Natarajan in Gorkha team

काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि सोनु देवकोटालाई टोलीमा समावेश गरेको छ । ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी नटराजन साह घाइते भएपछि सोनु देवकोटालाई आफ्नो टोलीमा समावेश गरिएको काठमान्डु गोर्खाजले जनाएको छ ।

कात्तिक १९ मा भएको ट्यालेन्ट हन्टबाट उत्कृष्ट हुँदै नटराजन ‘आइकोनिक खेलाडी’ का रूपमा गोर्खाजको टोलीमा समावेश भएका थिए । तर अभ्यासका क्रममा उनी घाइते भएको गोर्खाजका प्रशिक्षक वसन्त शाहीले जनाए । शाहीका अनुसार नटराजनको बायाँ खुट्टाको मांसपेशी तन्किएको छ र उनी कम्तीमा दुई साता खेल्न सक्दैनन् । 

ट्यालेन्ट हन्टबाट गोर्खाजले ५ खेलाडीलाई डेभलपमेन्ट टोलीमा राखेको थियो । सोही टोलीमा रहेका सोनु देवकोटाले नटराजनको स्थानमा गोर्खाजको टोलीमा स्थान लिएका हुन् । लेग स्पिन अलराउन्डर सोनुले यसअघि नै बागमती प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully