लुम्बिनीविरुद्ध गुर्खाजको कमजोर ब्याटिङ

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

Poor batting by Gurkhaz against Lumbini

काठमाडौँ — काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारका खेलमा लुम्बिनी लायन्सलाई केवल १ सय ४ रनको लक्ष्य दिएको छ । । कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ रोजेको गुर्खाज १९.३ ओभरमा १ सय ३ रनमा अलआउट भयो ।

भीम सार्कीले गुर्खाजबाट सर्वाधिक ३१ रन बनाए । उनले ४० बल खेलि १ चौका प्रहार गरे । ड्यान डाउथवेटले २ छक्का प्रहार गर्दै २४ बलमा २१ रन जोडे । प्रतिक श्रेष्ठले २ छक्कासहित १४ बलमा २० रन बनाए ।

रामोन सिमोन्ड्सले पहिलो ओभरमै माइकल लेभिटलाई बोल्ड गरी गुर्खाजको विकेट लिनेक्रम सुरु गरेका थिए । स्टेफन इस्किनाजी शून्य, जेहरार्ड इरसमस १, सुमित महर्जन ४, रशिद खान र करण केसी १–१ तथा साहव आलम ८ रनमा आउट भए ।

Poor batting by Gurkhaz against Lumbiniतस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

साद बिन जाफरले लुम्बिनीबाट ३ विकेट लिए । क्यानडाका पूर्वकप्तान जाफरले सोक्रममा ४ ओभरमा २१ रन खर्चेका थिए । अर्का देव्रेहाते स्पिनर अभिषेक गौतमले ४ ओभरमा १६ र सिमोन्ड्ले ३.२ ओभरमा २१ रन खर्चेर २–२ विकेट लिए ।

गुर्खाजका टोलीमा दुई परिवर्तन गरिएको छ । शंकर रानाको स्थानमा दिपेश कँडेल र नथान साउटरको स्थानमा डवाथेवेट खेलिरहेका छन् । लुम्बिनीले दुर्गेश गुप्ताको स्थानमा सूर्य तामाङलाई खेलाएको छ । लुम्बिनी मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गर्दा तीव्र बलर दुर्गेश फिल्डिङका क्रममा घाइते भएका थिए ।

Poor batting by Gurkhaz against Lumbiniगुर्खाजले ३ मध्येको १ खेलमा मात्र विजय हात पारेको छ । प्लेअफमा पुग्न गुर्खाजलाई यो खेल जित्नै पर्ने आवश्यकता छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले ५ खेलमा १ मा मात्र जित निकालेको छ र टोली प्लेअफ दौडबाट लगभग बाहिरिसकेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully