एनपीएल : कर्णाली याक्सविरुद्ध चितवन राइनोजको ब्याटिङ

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

NPL: Chitwan Rhinos batting against Karnali Yaks

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार पहिला ब्याटिङ गर्ने भएको छ । कर्णाली याक्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर राइनोजलाई ब्याटिङका लागि बोलाएको हो ।

चितवनले पहिलो दुवै खेल जितेको छ भने कर्णालीले पहिलो दुवै खेल हारेको छ । कर्णालीले भुवन कार्कीको स्थानमा युनिस विक्रमसिंह ठकुरी र बाबर हायतको स्थानमा विलियम बोसिस्टोलाई खेलाएको छ ।

चितवनले हसन एइसाखिलको स्थानमा यान निकोलास लफ्टी इटोनलाई खेलाएको छ । चितवनले यसअघिका खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले र पोखरा राइनोजलाई ८७ रनले पराजित गरेको थियो । याक्स पहिलो दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले र गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully