सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमान्डु गुर्खाज

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Kathmandu Gurkhaj bowling first against Sudurpaschim Royals

काठमाडौँ — काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई पहिला ब्याटिङका लागि निम्त्याएको छ । गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।

गुर्खाजको टोलीमा एक परिवर्तन गरिएको छ । देव्रेहाते स्पिनर दीपेश कँडेलको स्थानमा प्रतिक श्रेष्ठलाई खेलाइएको छ । गुर्खाजबाट माइकल लेभिट, शंकर राना, स्टेफन इस्किनाजी, भीम सार्की, जेहरार्ड इरसमस, सुमित महर्जन, प्रतिक श्रेष्ठ, करण केसी, रशिद खान, नथान साउटर र शाहव आलम खेलिरहेका छन् ।

सुदूरपश्चिमले अमित श्रेष्ठको स्थानमा नरेन साउद र वसन्त खत्रीको स्थानमा रोहन मुस्तफालाई खेलाएको छ । यूएईका पूर्व कप्तान मुस्तफाको फ्लाइट ढिला हुँदा सुदूरपश्चिमले पोखरा एभेन्जर्सविरुद्धको पहिलो खेलमा ३ विदेशी खेलाडीलाई मात्र खेलाएको थियो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमबाट विनोद भण्डारी, इशान पाण्डे, आरिफ शेख, सैफ जैब, ब्रान्डन म्याकमुलेन, नरेश बुढाऐर, नरेन साउद, स्कट कुगेलेन, अविनाश बोहरा खेलिरहेका छन् ।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो । चितवन राइजोजसँग पहिलो खेलमा ५ विकेटले पराजित गुर्खाजले बुधबार पहिलो खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो । 

कान्तिपुर

Link copied successfully